धरानको खानेपानी एडीबी ऋण फाईल खोलिँदै,पन्ध्र करोड सरसल्लाहको लागि खर्च(भिडियो सहित)

धरान । धरानको विवादित खानेपानी परियोजनाको लागि लिएको एडीबीको ऋणको फाईल खोलिएको छ । प्रारम्भिक चरणमा कन्सल्टेन्सीसंग सरसल्लाह गर्न १५ करोड खर्च भएको देखिएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै आईयुडिपी परियोजनाको लागि लिएको ऋण बारे प्रारम्भिक चरणको हिसाब खोतल्ने क्रममा मिडियालाई जानकारी दिएको थियो । यसरी जानकारी दिने क्रममा कन्सल्ट्यान्ट अर्थात् सरसल्लाह गर्नको लागि भन्दै जसका लागि १५ करोड रुपैयाँ खर्च भएको देखिएको छ । आज दिएको जानकारी सबै एकमुष्ठ रुपमा रहेको हो । सरसल्लाह गर्नको लागि मात्र १५ करोड खर्च भएको देखिए पनि कुन शीर्षकमा केकति खर्च भएको भन्ने बारे थप जानकरी अर्कोपटकको पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।

त्यसैगरी २०७१ सालमा जग्गा पनि किनिएको देखिएको छ । ५१ लाख १५ हजर मूल्यमा जग्गा किनिएको देखिएको छ । तर त्यो जग्गा कहा कति किनिएको हो सोकाे विस्तृत तथ्य पनि पहिलो चरणमा उपलब्ध भएको छैन । त्यसैगरी ६५ लाख ५६ हजारको सवारी खरिद गरिएको उल्लेख भएको व्यय विबरन जानकारी दिए ।

त्यसैगरी आइयुडिपि कार्यालय सञ्चालन गर्न भनी अर्को खर्चको विवरण दिएको थियो । जस अनुसार २०७९ सालमा ३१ लाख ७० हजार,२०७० सालमा ४७ लाख छ हजार,७१ सालमा ६३ लाख ४६ हजार,७२ सालमा ४९ लाख ४० हजार,७३ सालमा ७४ लाख ५४ हजार देखिएको छ । कार्यालय खर्च बढेर २०७४ सालमा ६ करोड ४६ लाख रुपैयाँ देखाएको विवरण दिएको छ ।

धरानको खानेपानी समस्या समाधान गर्नको लागि भनेर कुल खर्च २ अर्व १६ करोड ९९ लाख ४४ हजार ४८ रुपैया भएको देखाएको छ ।जसमा कन्सल्टेन्सीलाई मूल्य समायोजन भन्दै १० करोड ६ लाख ६ हजार रुपैयाँ जोडिएको विवरण जानकारी दिए ।

त्यसबाट निर्माण कार्यका लागि १ अर्व ७५ करोड ५४ लाख ४० हजार ७९१ रूपयाँ खर्च भएको विवरण दिए ।
त्यस मध्ये तिर्नुपर्ने कुल ऋण ६२ करोड १३ लाख ५३ हजार १६६ रूपयाँ रहेको जानकारी दिए ।

त्यसमध्ये हालसम्म ऋण तिरेको विवरण अनुसार ११ करोड ५८ लाख ९३ हजार ४२३ रुपैयाँ तिरिसकेको बताए । मेयर साम्पाङ्गका अनुसार उपरोक्त रकम नगरपालिकाले तिरिएको भन्दै यस वर्षबाट खानेपानी व्यावस्थापन बोर्डबाट तिर्ने भन्दै नगरासभाबाट नै पारित भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित