सात दिने लिम्बू / याक्थुङ भाषा प्रशिक्षण सम्पन्न

कमल / बसन्त राज सुब्बा

झापा । झापा जिल्लाको कमल गाउपालिकामा लिम्बू/याक्थुङ् भाषाको सातदिने प्रशिक्षण कार्यक्रम साउन २६ गते सम्पन्न भएको छ ।

किरात के चुम्लुङ नामक संस्थाको आयोजनामा सञ्चालित सातदिने कार्यक्रम एक औपचारिक कार्यक्रमकाबिच समापन गरिएको हो ।

यो संस्था कमल गाउँ पालिका वडा नं. ४ स्थित किरात चौकमा रहेको छ । साउन २० गतेदेखि औपचारिक रूपमा सञ्चालन गरिएको लिम्बू/याक्थुङ भाषा तथा किरात सिरिजङगा लिपि प्रशिक्षण कार्यक्रममा कियाचु झापा अध्यक्ष तथा भाषिक अभियन्ता सेसेहाङ फियाकले सहजिकरण गरेका थिए । भाषा प्रशिक्षण १८ जना स्थानिय भाषा प्रेमिहरू प्रशिक्षणमा सहभागी भएका थिए । उक्त कार्यक्रम सस्थाका अध्यक्ष लक्ष्मी बेघा लिम्बुको अध्यक्षतामा नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद कमलका अध्यक्ष वदि साम्पाङ राईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

प्रमुख अथिति सम्पाङ राईले सम्बोधन गर्दै भने – “जुन मैले सोचेको भन्दा पनि धेरै राम्रो प्रशिक्षार्थी भाईबैनीहरुले आफ्नो मातृभाषा सिक्नु पर्दोरहेछ भन्ने बुझ्नु भयो ।” यस किरात के चुम्लुङले आयोजना गर्नु भएकोमा खुसि व्यक्त गर्दै आफ्नो बिद्यार्थी कालिन समयमा भारतको सिक्किममा अध्यनरत समयमा लिम्बू/चोङ भाषा अध्यन शुरु हुँदाका कथन र केही महिना अघि  पुन: सिक्किम जादा यसै आफ्नै ठाउँको लिम्बुहरूले के-अर्थात च्याब्रुङ नाच प्रतियोगितामा जितेको सिक्किममा सुन्न पाउँदा गर्व महसुश भएको सुनाए । उनले अबको पुस्ताले आफ्नो मौलिकता र भाषा लिपि अनिवार्य सिक्न जरुरी भएको बताएका । आफ्नो भाषा लिपि सस्कार सस्कृति भुल्नु भनेको आफुले आफैलाई भुल्नु सरह भएको बताए । हामीले आफ्नो भाषा जान्नु ठुलो उपलब्धि हो,यसरी नै ठाउँ ठाउँ अभियान रहनु धेरै राम्रो हो भन्दै सबैलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

भाषा प्रशिक्षक कियाचु झापा अध्यक्ष तथा भाषिक अभियन्ता सेसेहाङ फियाकलाई सहजिकरण गर्नु भएकोमा सम्मान साथ मायाको चिनो किरात के चुम्लुङ सस्थाका अध्यक्ष र प्रमुख अतिथि बाट प्रदान गरिएको थियो ।
त्यस्तै विशिष्ट अतिथि किरात याक्थुङ चुम्लुङ झापाका सल्लाहकार सूर्य यक्पान्देन, आदिबासी जनजाति महिला सघ कमल अध्यक्ष विष्णु बेघा , किरात राई यायोख्खा कमल शाखाकी उपाध्यक्ष शेलिना राई,कियाचु कमल शाखा सल्लाहकार विरेन्द्र याक्थुङबा लगायत आ आफ्नो भनाईमा शुभकामन मन्तव्य राखेका थिए ।

त्यस्तै कियाचु झापाका पूर्व सदस्य तथा संरक्षक नरेन हाङ लिम्बू , याक्थुङ चलचित्रकर्मी सघ जिल्ला सचिव एव कलाकार हिमाल लेछर्वो, याक्थुङ युवा मन्च जिल्ला सदस्य एव कमल सस्थापक बसन्तराज योङहाङ , कियाचु कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बू, उपाध्यक्ष अम्मर ह़ाङ लिम्बु , मिडिया यम्भु च्यालनका प्रो . सरन बेघा लगायत रहेको थिए । प्रशिक्षार्थीहरू सुनिता लकसम, सुमन केरूङ, रिस्ना लावती, विष्णु बेघा लगायतले भाषाको महत्वको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा चुम्लुङकी उपाध्यक्ष जमुना केरूङले स्वागत मन्तव्य राख्नुभएको थियो । सचिव राधिका केरूङ नेम्बाङले कार्यक्रम संचालन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित