धरान । खानेपानी महसुल वृद्धि बिरुद्ध भइरहेको आन्दोलनरत १० राजनीतिक दल र खानेपानी व्यावस्थापन बोर्ड बीच तीन बुँदे सहमि भएको छ ।
१० राजनीतिक दल र खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष एबम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बीच आज (साउन २७ गते) भएको वार्तामा तीन बुँदे सहमति भएको छ । सहमति अनुसार:
१. वृद्धि महशुल तथा शुल्क स्थगित गर्ने।
२.बाेर्डकाे पुर्णता बारे- अदालतकाे फैसला मान्ने ।
३. ७ दिन भित्र बाेर्डकाे हिसाब सार्वजनिक गर्ने ।
महसुल वृद्धि भएपछि १० राजनीतिक दलले पहिलो चरणको विरोधमा ७२ घण्टे अल्टमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । दिएको अल्टिमेटम अनुसार वार्ता नगरेपछि खानेपानी व्यावस्थापन बोर्ड कार्यालयमा ताला लगाएका थिए । त्यसपछि धरान भित्र रहेका १६ वटा महसुल काउण्टरमा ताला लगाएका थिए । यसरी लगाएको ताला बिरुद्ध बोर्डले उच्च अदालत विराटमानगरमा रिट लगाएपछि अल्पकालिन अन्तरिम आदेश गर्दै ताला खोल्न भनेका थिए । अदालतले साउन २७ गते दुवै पक्षलाई छलफलमा बोलाएका थिए ।
महसुल कार्यान्वनय नगर्न भन्दै खानेपानी आयोगले पत्राचार गरेका थिए । त्यसको सुनुवाई नगरेको भन्दै साउन २४ गतेदेखि धरान उपमहानगरको गेट अगाडि धर्ना दिएका थिए । यसरी धर्नाको क्रममा पालिकाको साइनबोर्डमा आन्दोलनरत पक्षबाट क्षति पुर्याएको थियो ।
धर्नामा रहेको बेला मेयर साम्पाङले आज आईतबार वार्तामा आउन भएका थिए । आज वार्तामा बसेर सहज रुपमा छलफल हुने सबैको अपेक्षा भए पनि १० राजनीतिक दलले औपचारिक रुपमा पत्राचार गर्नुपर्ने आदान राखेपछि समयमा वार्तामा बस्न नसकेको हो । त्यसपछि मिएरबाट दिनको दुई बजे वार्तामा आउन पत्राचारगरेपछि वार्तामा बसेको थियो ।
Discussion about this post