धरान । खानेपानी व्यावस्थापन बोर्डले महसुल वृद्धि गरेको भन्दै आन्दोलन गरेपछि आईतबार हुने वार्ताको लागि लिखित पत्राचार माग गरेपछि पत्र दिएको छ ।
१० राजनीतिक दलले गत विहिवारदेखि धरान उपमहागरपालिका गेट अगाडि धर्ना दिएपछि मेयर साम्पाङ्गले आज आईतबार वार्तामा बोलाएका थिए । गेट अगाडि मेयर साम्पाङ आएर सम्बोधन गर्दै २७ गते वार्तामा बस्ने भनिएका थिए । आज दुवै पक्ष वार्तामा बस्ने सबैको चासो रहेका थिए । तर १० दलबाट औपचारिक पत्राचार नभए वार्तामा नबस्ने अडान लिँदै गेट अगाडि पुनः धर्नामा बसेका थिए । धर्नामा बसेका नेपाली काँग्रेसका नगर अध्यक्ष श्याम पोखरेलले लिखत रुपमा पत्र दिन आग्रह गरे । जबसम्म पत्र आउँदैन तबसम्म वार्तामा नबस्ने अडान लिएका थिए ।
यसरी औपचारिक पत्राचार माग गरेपछि मेयर हर्क साम्पाङले औपचारिक रुपमा पत्राचार गरेको छ । आजै पत्र लेख्दै वार्ताको लागि आह्वान गरेको छ । पत्रमा दिउँसो २ बजे उप महानगरको सभा हलमा वार्ता बस्ने उल्लेख छ ।
Discussion about this post