धरान । केही महिना अघिदेखि विवादित धरान उपमहागर वडा नम्बर १३ को खहरे खोला ज्ञाबिंग काण्ड बल्झिंदै गएको छ ।
तत्कालीन अवस्थामा व्यक्तिको सम्पत्तिमा सरकारी बजेट दुरुपयोग गरेर ज्ञाबिङ् लगाएको भन्दै धरानका मेयर हर्क साम्पाङले ज्ञाबिंगको तारजाली काटेर हटाएका थिए । यसरी मेयरको निर्देशनमा तारजाली काट्ने नगर प्रहरी असई सुरेश मगरातिलाई आज प्रहरीले पक्राउ गरेपछि घटनामा संलग्न सङ्ख्या ४ जना भएको छ । केही दिन अघि मात्र घटनामा संलग्न भनेर त्यहीका स्थानीय १३ की भारती राई, उनका भाई नाता पर्ने वडा ४ भर्लेनीका राजकुमार राई र श्रीमति दिलकुमारी राईलाई प्रहरीले नियन्त्रणमा लिइसकेका छन् ।
यस विषयमा इलाका प्रहरी कार्यालय धरानमा फोन सम्पर्क गर्दा फोन उठेन । त्यसैगरी धरान उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नेत्र काफ्लेसंग बुझ्दा बिहान ८ बजेतिरको समयमा नियन्त्रणमा लिएको जानकारी दिए । अध्यक्ष काफ्लेका अनुसार मागरातिलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा लागेको जानकारी दिए ।
तत्कालीन अवस्थामा ज्ञाविंग हटाउन मेयर साम्पाङ्गले नगर प्रहरी विष्णु कोइरालाको नेतृत्वमा डोजर नै पठाएका थिए । तर वडा अध्यक्ष नेत्र काफ्ले सहितको स्थानीयले डोजर फर्काएका थिए । असारमा देशभर भारी वर्षा हुँदा धरानमा पनि क्षति पुर्याउने क्रममा हालको ज्ञाबिँग लगाएको स्थानिय बस्तीलाई असार पुराउनेगरी भाला पस्न लागेको भन्दै स्थानीय मेयरको कार्यकक्षमा आएका थिए । त्यसको भोलिपल्ट नै नगर प्रहरी खटाई तारजाली काटेर ढुङ्गा पन्छाएको हो ।
Discussion about this post