काठमाडौ , २४ साउन ।अभिनेता तथा निर्देशक रमिता ढुङगाना द्वारा निर्देशीत चलचित्र ´ नमेटिने घाउको ` ट्रेलर विहिवार सार्वजनिक गरिएको छ । काठमाडौ स्थित बानेश्वरमा पत्रकार सम्मेलन गरि ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्र नमेटिने घाउको ट्रेलर हेर्दा एसिड आक्रमणमा परेका पिडितहरुको समस्याहरुलाई देखाइएको छ।
सार्वजनिक गरिएको ट्रेलरमा प्रधानमन्त्री केपि शर्मा ओलिले एसिड आक्रमणमा परेका पीडितहरुलाई न्याय दिने प्रतिबद्धता जनाएका छन । पुर्व प्रधानमन्त्री मन्त्री माधब कुमार नेपाल , पुर्व शिक्षा मन्त्री देबेन्द्र पौडेल , संसद ज्ञानेन्द्र शाही एसिड पिडित हरुको आन्दोलनमा सहभागी जनाउदै कानुनी कार्यवाही गर्नु पर्छ भनेर प्रतिबद्धता जनाएका छन ।
एसिड आक्रमणमा परेकी मुस्कान खातुनले मैले अहिले सम्म हिम्मत हारेको छैन तथा मेरो जस्तो पीडा अरुलाई नपरोस र यश चलचित्रले समाजमा सकारात्मक सन्देश पुग्ने बताइन । अर्कि पीडित जेनि खडकाले एसिड आक्रमणमा परेका व्यत्ती देखि संगै बस्नु पनि डराउछन र नडाउरन अनुरोध गरिन ।
चलचित्रका निर्देशक रमित ढुङ्गानाले यश चलचित्रले समाजमा राम्रो छाप छोड्नु सकोस् कोहि पनि एसिड आक्रमणको सिकार बन्न्न नपरोस् भन्न्ने उदेश्यले यश चलचित्रको निर्माण गरेको बताए । चलचित्रका निर्माता अमित ढुङ्गानाले चलचित्र समाजमा सकारात्मक असर पुग्ने राम्रो सन्देश पुग्ने बताए ।
चलचित्र भदौ ७ बाट देशभर प्रदर्शनमा आउदै छ । चलचित्रले नेपालमा एसिड विक्री वितरण गर्न प्रतिबन्ध लगाउनु पर्छ भन्न्ने आवाज उठाएको छ । चलचित्र ´ नमेटिने घाउ ` सत्य कथामा आधारित रहेको छ । चलचित्रमा एसिड आक्रमणमा परेका पीडितहरुको कथा विषय बस्तुलाई समेटेर बनाएको छ ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ ।
चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहकक राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ । रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन,ओम सुनारको गायक तथा सङ्गीत र किरण दाहालको द्धन्द्ध निर्देशन रहेको छ ।
Discussion about this post