विश्व आदिवासी दिवसमा धरानमा सार्वजनिक बिदा दिएन

धरान । ३० औं विश्व आदिवासी दिवसमा धरान उपमहानगरपालिकाले विश्व सामुदायीक विद्यालयमा सार्वजनिक बिदा नरहेको जनाएको छ ।

धरान उपमहानगरपालिका शैक्षिक महाशाखाले सूचना जारी गर्दै सामुदायिक विद्यालय सबै सार्वजनिक बिदा नरहेको जनाएको छ ।

शैक्षिक सत्र २०८१ का लागि शैक्षिक क्यालेन्डर निर्माण हुँदा गत वर्ष कोशी प्रदेश सरकारबाट विश्व आदिवासी जनजाति दिवसका दिन सार्वजनिक बिदा दिएकाले २०८१ श्रावण २५ गते विश्व आदिवासी जनजाति दिवसका दिन पनि सार्वजनिक बिदा उल्लेख भएको तर यस वर्ष प्रदेश सरकारले उक्त बिदा नदिएकाले उक्त दिन विद्यालय बिदा नगरी यथावत रुपमा पठनपाठन सञ्चालन गर्न गराउन हुन अनुरोध छ उल्लेख छ ।

तर प्रदेश सरकारले आज नै मन्त्रिपरषदको बैठक बसेर ९ अगस्त अन्तराष्ट्रिय विश्व आदीवासी दिवसमा प्रदेश १ भर विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा दिने निर्णय सहित सूचना जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित