विराटनगर। विश्वले मनाई रहेको अन्तराष्ट्रिय विश्व आदवासी दिवसको दिन प्रदेश १ मा पनि सार्वजनिके बिदा दिएको छ ।
प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आज सूचना जारी गर्दै विश्वभर मनाइरहेको ९ अगस्टको दिन अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै
आज २०८१ साउन २४ गरेको प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार ३०औं अन्तराष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा मिति २०८१ साल श्रावण २५ गते शुक्रबार (९ अगस्ट, २०२४) सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,उल्लेख छ ।
Discussion about this post