उच्च अदालतले परमादेश जारी गरेपछि ताला खुल्यो,विहीवारदेखि नगरपालिका घेराउ

धरान । धरान खानेपानी व्यावस्थापन बोर्डले महसुल बढाएको बिरुद्धमा बोर्ड कार्यालय र महसुल काउन्टरमा १० राजनीतिक दलले लगाएको ताला खोलिएको छ ।
खानेपानी बोर्ड र महसुल काउन्टरमा ताला लगाएको भन्दै उच्च अदालतका विराटनगरमा रिट लगाएका थिए । उच्च अदालतले खानेपानी जस्तो अत्यावश्यक आवश्यकतामा ताला नलगाउनु लगाएको ताला खोल्न भन्ने अन्तरिम आदेश जारी गरिएका थिए । यसअघि दलले लगाएको ताला प्रहरीलाई नखोल्न चेतावनी दिएका थिए । अदालतले आदेश गरेपछि आज ताला खोलिएको कुरा १० राजनीतिक दलले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
आन्दोलनको कार्यक्रमको स्वरुप परिवर्तन गर्दै आफैले लगाएको ताला खोलेपछि धरान उपमहानगरपालिका घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । खानेपानी तथा सरसफाई आयोगले साउन १८ गते धरान खानेपानी व्यावस्थापन बोर्डलाई महसुल नबढाउन भनेर लेखिएको पत्र बमोजिम विरोधको कार्यक्रम अघि सारिएको कुरा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

यता खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष समेत रहेका मेयर हर्क साम्पाङ्गले आयोगले महसुल नबढाउन भनेर पठाएको पत्रको जवाफ पठाउने भएको छ । मेयर साम्पाङले आयोगले धरानको ५७ करोड ऋण मिनाहा गरिदिने तथा तिरिदिने हो भन्ने प्रत्युत्तर पठाउने बताए । मेयर साम्पाङ्गले पनि पत्रकार सम्मेलनको बेला मिदियकर्मिले सोधेको जवाफमा आयोगलाई प्रत्युत्तर पठाउने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित