गएरातिको वर्षाले धरानको सडक भासियो,एक घरमा पर्खाल ढाल्दा घरमा क्षति (तस्बिर सहित)

नवीन रम्तेल

धरान । गएराति भएको वर्षाको कारण धरान उपमहानगरपालिका वडा नम्बर ८ स्थित तीन द्वाङ्गे पुल धासिदा आवागमन अवरुद्ध भएको छ ।

मदन भण्डारी राजमार्गको सडक खण्डको हरियाली सामुदायिक वन नजिक रहेको खहरे खोलामाथि राखिएको फलामको तीनवटा ड्वाङ् भासिदा सडक अवरुद्ध भएको छ । २०१७ सालमा लगाएको ड्वाङ्माथि एकपछि अर्को सडकको गिटी बालुवा थपिँदै जादा बढी भार भएपछि ड्वाङ् भासिएको कुरा स्थानीय खड्ग बिश्वकर्माले जानकारी दिए । ब्रिटिसको पालामा लगाएको फालमको ड्वाङ्माथि सडकको संरचना थपिंदा यस्तो क्षति भएको दाबी गरे । पुरानो संरचना राम्रोसंग नहेरी त्यही संरचनामा थपिंदा थापा क्षति भएको बताए । मकान भण्डारी राजमार्ग बन्ने क्रममा भातिकिएकोले एवं बनाउन सहज हुने विश्वकर्माको दाबी छ । उनले पछि भत्केको भए समय लाग्ने भन्दै बन्ने क्रममा भत्किँदा यही परियोजना अन्तर्गत कमा हुने आशा व्यक्त गरे ।सडक भासिएको विषयमा अर्का स्थानीय कुमार सापकोटाले ४० वर्ष अगाडिको संरचनामा थपिएको संरचनाको कारण भार भै सडक भासिएको दाबी गरे ।
त्यसैगरी त्यही तीन ढावाङ सडक भासिएको नजिकै अरुण टोलमा एक घरमा पर्खाल भत्किएर क्षती पुगेको छ । स्थानिय समर मगरातिको घरको पछाडीपट्टीको पर्खाल भत्किँदा काठको घर एकापट्टि पूर्णरुपमा क्षति भएको छ । मगरतीले बिहान करिब चार बजे तिर आफू बाहिर गएर आउँदा अचानक ठूलो आवाज आएको कुरा बताए । बिहानीपख छोरी कलेज पठाउने क्रममा रहेकोबेला भएको दुर्घटनाले मानवीय क्षति भने नभएको बताए । चारजनाको परिवार रहेको मागरातिको घरको पछाडिको पर्खाल पुरानो पर्खाल भएको त्यसको आधार सानो माथिको भाग ठूलो भएकोले पनि भत्केको हुनसक्ने भएको मगरातीले जानकारी दिए ।

भत्किएको पुल सडक बनाउन ठूलो बजेट आवश्यक पर्ने कुरा वडा अध्यक्ष धनबहादुर राईले जानकारी दिए । वडा अध्यक्ष राईले सडक विभागलाई उदृत गर्दै करिब तीन करोड जतिको लागत लाग्ने कुरा भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित