खानेपानी महसुल काउन्टरमा ताला लगायो (भिडियो सहित)

धरान । धरान खानेपानी व्यावस्थापन बोर्डले अत्याधिक महसुल वृद्धि गरेको भन्दै बोर्डको बिल काउन्टरमा ताला लगाएको छ ।

खानेपानी व्यावस्थापन बोर्ड धरानमा रहेको कार्यालयमा ताला लगाएको २४ घण्टा नबित्दै धरानमा रहेका महसुल काउन्टरमा ताला लगाएको हो । धरान उपमहानगर वडा नम्बर १५ वडा समिति कार्यालयमा रहेको खानेपानी महसुलको काउन्टरमा आज ताला लगाईदिएको छ । धरानमा रहेका १० राजनीतिक दलले गरिरहेको संयुक्त आन्दोलन अन्तरगत आज सबै महसुल काउन्टरमा ताला लगाएका छन् ।

त्यसैगरी धरान उपमहानगर वडा नम्बर १६ मा रहेको महसुल काउन्टरमा पनि एकसाथ ताला लगाएको छ । धरान उपमहानगरपालिका भित्र जम्मा १६ वटा महसुल काउन्टर रहेकोमा १६ वटा सबै काउन्टरमा एकसाथ ताला लगाएको कुरा आन्दोलनरत दश दलले जनाएको छ ।

ताला लगाएसङ्गै अव सर्वसाधारनाले महसुल बुझाउन सकिने छैन । वादावासीलाई ताला लगाएसंग्गै महसुल नबुझाउन अपिल गरेको छ । भौतिक रुपमा महसुल काउन्टरमा पुगेर महसुल बुझाइरहेका छन भने धेरैले अनलाईन मार्फत महसुल बुझाउँदै आएका छन ।
यसरी महसुल नबुझाउँदा विलम्ब शुल्क लगाउने गरिँदै आएको छ । तर नेकपा एमालेका धरान नगर अध्यक्ष हर्कजङ एभेंगले विलम्ब शुल्क लगाएको खण्डमा पार्टी तिर्ने बताए । एभेंगासंग मिडियाकर्मीले विलम्ब शुल्क यस अघि पनि यस्तै आश्वासन देखाउदा लगाएको प्रश्नमा एवं पार्टीले व्यहोर्ने भन्दै महसुल नबुझाउने आग्रह गरे ।

यस विषयमा मेयर हर्क साम्पाङले सरकारी कार्यालयमा ताला लगाउन नभनेको बताए । सरकारी कार्यालय खानेपानी बोर्डमा ताला लगाउँदा पानी वितरणमा अवरोध आउनसक्ने बताए । सरकारी शुल्क कुनै बहानामा छुट नहुने जिकिर मेयर साम्पाङले गरे । ढिलो तिर्दा विलम्ब शुल्क लाग्ने भन्दै सरकारी आम्दानी छुट नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित