धरान । एल एण्ड सी मोडेल एजेन्सीले आयोजना गरेको मिसेज धरान आइकनको ट्यालेन्ट शो सम्पन्न भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको सभा हलमा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमलाई शुभकामना मन्तव्य दिँदै उपमेयर वेघले सुन्दरी प्रतियोगितालाई समाजले हेर्ने दृष्टीकोण बदलिँदै गइरहेको बताए । उपमेयर बेघाले यस्ता प्रतियोगिताले समाज र राष्ट्रलाई जोड्दै गएको बताए । बेघाले अनुहार राम्रा भएर मात्र नहुने भन्दै बिबेक राम्रो हुनुपर्ने बताए । त्यसरी संस्कार राम्रो हुनुपर्ने बताए । त्यसैगरी संस्कार राम्रो मात्र नहुने भन्दै जीवन निर्वाह गर्ने कला राम्रो हुनुपर्ने धारणा व्यक्त गरे ।
उद्घाटन पछि स्वागत मन्तव्य दिदै आयोजक कम्पनीका सि.ई.ओ दिपक गिरि सम्पुर्ण उपस्तिथिलाई शुभकामना दिएका थिए ।
रेजिना लामिछाने र रिन्जेन् तामाङ कार्यक्रम होस्ट थिए । ट्यालेन्ट शोको निर्णायकमा सर्टिफाईट डान्स कोरियोग्राफर रीमा थापामगर , मिसेज स्टेट २०१८ सेकेण्ड रनर अप निरा राई, नेशनल आर्टिस्ट अम्बिका दुवाडी,एजुकेशन एजुकेटर सुरेखा राई,नेशनल सिंगर पम्पा चहर,नेशनल आर्टिस्ट संगिता प्रधान रहेका थिए । तस्बिरहरु: गोपाल पौडेल
Discussion about this post