धरान । धरानबाट प्रशारण हुने एक अनलाईन मिडियाले “विपि प्रतिष्ठानको सेवा शुल्कमा अत्याधिक वृद्धी, निजी अस्पताल भन्दा बढी शुल्क बनाइएको गुनासो प्रतिष्ठानमा शुल्क वृद्धी होइन चुहावट र अनियमितता रोकौं” शीर्षकको समाचार भ्रामक भएको भन्दै त्यसको खण्डन गरिएको छ ।
बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका सहा प्रवक्ता प्रा. डा. अन्जु प्रधानद्वारा जारी गरिएको खण्डन पत्र र हाल बृद्धि भएको वास्तविक सूची समेत सार्वजनिक गर्दै प्रशारण भएको समाचारप्रति प्रतिष्ठानको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ र अनलाईन मीडिया एसोसिएसनलाई बोधार्थ समेत दिएर प्रतिष्ठानमा वृद्धि भएको वास्तविक सूची समेत उपलब्ध गरिएको छ । यस अघि प्रसारित समाचारको सूची तथ्य गलत रहेको भन्दै यस प्रकारको निराधार समाचारको प्रतिष्ठान पूर्णरूपले खण्डन गर्दछ भनिएको छ । यस्ता समाचारले प्रतिष्ठानको प्रतिष्ठामा आँच पुर्याउनुका साथै प्रतिष्ठानको छवि समेत धुमिल्याउने कार्य गरेकोले भविष्यमा प्रतिष्ठानको विषयमा त्यस्ता भ्रामक र तथ्यहिन समाचारहरू प्रकाशन नगरिदिनुहुन जानकारी गराएको उल्लेख छ । यस्ता गलत समाचारबाट आम जनसमुदायमा उत्पन्न भएको भ्रम प्रति प्रतिष्ठानले खेद व्यक्त गरेकाे छ ।
वृद्धि भएको नयाँ सूची
Discussion about this post