भारतीय दूतावासको मौसमी पेन्सन वितरण शिविर

धरान । भारतीय राजदुताबास, पेन्शन वितरण, कार्यालय, धरानले प्रदेश १ का विभिन्न विकट जिल्लाहरुमा सम्पूर्ण भारतीय भूपू सैनिकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक वर्ष जस्तै यस वर्ष पनि मौसमी शिविरहरु संञ्चालन गरिएको हो ।

यस वर्ष प्रदेश नम्बर १ को २१ स्थानमा क्याम्प सञ्चालन भईरहेको कुरा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानले जानकारी दिएको छ। पहाडी जिल्लाहरु ताप्लेजुङ्ग, पाँचयर, ईलाम, संखुवासभा, भोजपुर, दिक्तेल, ओखलढुंगा, सोलुखुम्बु साथै तराईमा झापाका तीन स्थानहरु मोरङ्गका तीन स्थान, उदयपुरका दुई स्थान र सुनसरीका दुइ स्थानहरुमा शिविरहरु संञ्चालनमा छन ।

यसै अनुरुप उदयपुरका दुई स्थानहरू कटारीको भूपू सैनिक भवनमा २०८१ श्रावन १३ गते, वेल्टारको भू. पू सैनिक भवनमा श्रावन १४ गते र सुनसरी जिल्लाको झुम्कामा कल्पवृक्ष पार्टी प्यालेस परिसरमा श्रावन १५ गते सम्पन्न भएको थियो। पी पी ओ धरानका प्रभारी अधिकारी मेजर भरत कनोजिया साथै वहाका सम्पुर्ण टिमलाई कटारी, बेल्टार साथै झुम्काका भू पू समितिद्वारा भव्य स्वागत गरिएका थिए । स्वागतको सम्मान गर्नुहुदै प्रभारी अधिकारीले सम्पुर्ण भारतीय भूपू सैनिक तथा तिनका आश्रितहरुलाई धन्यवाद दिनुहुदै वहाहरुको सेवा सुविधाप्रति भारतीय राजदुतावास, पी पी ओ धरान सधैब तत्पर रहने बताउनु भयो । वहाले स्वागत मन्तव्य राख्ने क्रममा भूपू हरुको सुस्वास्थ्यको कामना गर्दै वहाहरुको गुनासो, समस्या र त्यसको समाधानको लागि हर प्रयास गरी समाधान गर्ने बताउनु भयो ।

प्रभारी अधिकारीले मन्तव्य राख्ने क्रममा पुर्वान्चलका सम्पुर्ण भू पू तथा तिनका आधितहरु, असक्त, वृद्ध-क्या भूपूहरुको असहजतालाई सहज तुल्याउन साथै भूपू हरुको दुख कष्टको समाधान गर्नु पनि पी पी ओ धरानको मुख्य उद्देश्य रहेको बताए । उक्त सिविरमा जिवित प्रमाणिकरण, मरुवा केशको सहजीकरण र समाधान, रहल-पहल, नया पेन्शन, पारिवारिक पेन्शन मुचारु, विभिन्न दस्तावेजको कार्यहरु, भूपू हरुको काल्याणकारी उपलब्धीका योजनाहरु, फयूनरल ग्राण्ट, म्यारिज ग्राष्ट, मेडल वितरण, पर्चमेण्ट सर्टिफिकेट वितरण ई सि एच एसको सदस्यता र सो को कार्ड वितरण, भाग-२ आदेश आदि कार्यहरु गरिने बताउनु भयो ।

उक्त शिविरमा सो जिल्लाका साथै छिमेकी जिल्लाहरु दिक्तेल (खोटाङ्ग, ओखलढुंगा, सिराहा सरलाही, सप्तारी, रामेछाप, सिन्धुलीका भारतीय भूपू सैनिकहरु तथा तिनका आश्रितहरुले प्रत्यक्ष लाभ लिएका थिए। अस्थाई शिविर संचालन भएकोमा विभिन्न जिल्लाका भू पूहरु, तिनका आश्रितहरु साथै समितिका अध्यक्ष्यहरु अत्यन्तै हर्षित थिए। सम्पुर्ण भारतीय भू पू सैनिक तथा तिनका आश्रितहरुबाट आगामी दिनहरुमा पनि यसरी नै शिबिर संचालन रहोस भन्ने सबैको एक मत थियो। प्रभारी अधिकारी बाट वहाहरुको हौषलाको सदैव कदर रहने भन्नु हुदै सम्पुर्ण भू पू हरु तथा तिनका आश्रितहरुलाई धन्यवाद दिनु भयो ।

पेन्सन वितरण कार्यालयको स्थापना ईश्वी सम्बत १९५८ सालमा धनकुटामा पूर्वी नेपालमा बसोवास गर्ने भारत सरकारका पेन्शनहरुको आकांक्षा र आवश्यकतालाई पूर्ति गर्न मौसमी पेन्शन भुक्तानीको रुपमा शुरु गरिएको थियो। सन १९६८ मा स्थायी पेन्शन वितरण कार्यालयको रुपमा धनकुटाबाट धरान सारिएको थियो। सन १९९७ देखि यस कार्यालयमा सुविधा सम्पन्न उपकरणसहित नयाँ भवनमा अवस्थीत छ ।(तस्बिर : उदयपुरका (कटारी, बेल्टार) र सुनसरीका झुम्कामा मौसमी शिविरका केही झलकहरु)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित