निर्दोष सबै रिहाई नभए सिडियो कार्यालयमा बिरोध धर्ना(भिडियो सहित)

 

धरान । यौनधन्दा अभिव्यक्ति काण्डको विरोधमा लोकतान्त्रिक चौतारी परिसरमा दैनिक रिहाईको माग गरिरहेका प्रदर्शनकारीले अव सिडियो कार्यालय घेराऊ गर्ने भएको छ ।

धरानमा दुई हप्तादेखि बिनासर्त रिहाईको माग गर्दै धर्ना दिइरहेका पहिचानवादी मोर्चा,नागरिक समाज लगायतका दल समूहले अव सिडियो कार्यालय केन्द्रित धर्ना कार्यक्रम गर्ने तयारी गरेको छ । पहिचानवादी मोर्चा धरानका संयोजक जेन्टल लावतीले मंगलबारसम्म निर्दोष पक्राउ गरिएकालाई रिहाई नगरे जिल्ला प्रशासन कार्यालय इनरुवामा धर्ना दिने बताए । उनले नयाँ ठाउँ परिवर्तन गर्ने भन्दै त्यो ठाउँ भनेको सिडियो कार्यालय भएको बताए ।

जेन्टल लावतीले पक्राउ भएकाको आफन्तलाई धरानमा भइरहेको प्रदर्शन रोक्न दवाव दिएको खुलासा गरे । भेट्न जाने आफन्तलाई त्यहाँ भइरहेको दैनिक विरोध तथा धर्ना कार्यक्रम फिर्ता गर्न दवाव दिएको भन्दै फिर्ता भएको खण्डमा रिहाई गरिने आश्वासन सिदियोबाट आएको खुलासा गरे । तर धर्ना तथा विरोध कार्यक्रम फिर्ता हुने कुरा नभई सिडियो कार्यालय घेराउ धर्ना कार्यक्रम गरिने कुरा पहिचानवादी मोर्चाका जेन्टल लावतीले उद्घोष गरे ।

पहिचानवादी मोर्चा तथा प्रदेश १ प्न नामाङ्कन सङ्घर्ष समितिले धरानको वस्तु स्थिति अध्ययन गरेका थिए । लगत्तै निर्दोषलाई रीहाको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । सोही अवसरमा डिआईजीसङ्ग समेत भेट गरेको खुलासा गर्दै जेन्टल लावतीले जिल्ला प्रशासन् कार्यालयका प्रमुख यस अघि भएका पीडकसंग नजिक भएको आरोप लगाउँदै सुनुवाई नगरेको गुनासा गरे । निश्चित व्यक्तिको मात्र सिडियो हो कि समग्र जिल्लाको शान्ति सुरक्षाको लागि हो भनेर प्रश्न गर्दै लावतीले नयाँ स्थान नयाँ ढङ्गले विरोध तथा आन्दोलनको कार्यक्रम अगाडि लाने उग्घोष गरे ।

यौनधन्दा अभिव्यक्तिमा सञ्जिता धमला र मेयर साम्पाङ्ग बीच भएको विवाद हुँदा जसले न्यायको लागि इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिए उनीहरूलाई नै पक्राउ गरिएको छ । असार १९ गते धरानमा गरिएको सार्वजनिक सुनुवाईमा सञ्जिता धमलाले पहाडबाट धरानमा आएका एक महिला यौन धन्दामा लागेको,धरानका जनप्रतिनिधिले पैसामा नागरिकता प्रमाणपत्र दिने गरेको,साधा पोशाकका प्रहरीले नै लागू औषध बिक्री गर्ने गरेको लगायतका प्रश्न प्रशासन समक्ष राखेका थिए ।

धरान उपमहानगरका मेयर हर्क साम्पानगले प्रमाण ल्याउन भन्दै सामाजिक सञ्जालमा आह्वान गरेपछि कार्यकक्षमा भएको विवाद धमलामाथी दुर्वयवहार भएको भन्दै राजनीतिक दल उसका निकट पत्रकार तथा पत्रकार महासंघ संघीय परिषदको विज्ञप्ति निकालेका थिए । धमला बिरामी भएको भन्दै उपचार गर्ने क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जादा आक्रोशित महिलाहरुले आक्रमण गरेको भन्दै फुलमाया मगर,मुना राई,प्रमिला राई,चन्द्रकला थेबे,शर्मिला राईलाई पक्राउ गरिएका थिए । त्यसको भोलिपल्ट विहिवार ट्रस्ट ग्रीन टीबाट सिर्जना बेघा बाटोमा आउँदै गरेको दाबी गरिएका यातायात मजदुर पूर्ण वान्तवालाई पक्राउ गरेका थिए । इलाका प्रहरीको गेट हल्लाएको आरोपमा संगिता राई र त्यसपछि फरार सूचीमा रहेका समिर तामाङको स्वगिरफ्तारी दिएपछि पक्राउ गर्नेको सङ्ख्या ९ जना पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित