खानेपानी महसुल बिरुद्ध दश दलको पहिलाे चरणको विरोध कार्यक्रम सार्वजनिक

धरान । खानेपानीको महसुल अत्याधिक बढाएको विरोधमा धरानका दश राजनीतिक दलले पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

दश दलले आज प्रेस विज्ञप्ति जारी गर्दै महसुल वृद्धि बिरुद्ध विरोधको कार्यक्रम सार्वजनिक गरिएको हो । जारी विज्ञप्तिमा धरान खानेपानी व्यवस्थापन बोर्ड (स्वघोषित अध्यक्ष एक्लै हर्कराज राई ले मनोमानी ढंगले खानेपानी महशुल वृद्धि गरिएको विरुद्धमा धरानका जिम्मेवार १० राजनितिक दलहरुले गत ११ गते खानेपानी बोर्डमा ७२ घण्टे अल्टिमेटम दिई पानीको महशुल पुरानै दरमा कायम गर्न गरिएको ध्यानाकर्षणलाई बेवास्ता गरिएको आरोप छ । कानून विपरित धराने जनताको ढाड सेक्ने गरि गरिएको महशुल वृद्धि विरुद्धको आन्दोलनलाई चरणबद्ध रुपमा घोषणा गरि जुनै सुकै अवस्था आइपरे पनि महशुल वृद्धिलाई यथावत (पुरानै) दरमा कायम गर्न गराउनको लागि विरोधको कार्यक्रम सार्वजनिक गरिएको उल्लेख छ ।

पहिलो चरणको कार्यक्रम अनुसार :

१.२०८१ साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरु संग अन्तरक्रिया गर्ने।

२. मिति २०८१ साउन १८ गते सबै वडा कार्यालयहरुमा वडास्तरबाट ध्यानाकर्षण पत्र बुझाउने ।

. मिति २०८१ साउन २० गते धर्ना कार्यक्रम ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित