धरान ।बिजय सुब्बाको लेखन तथा निर्देशन रहेको, पुर्वाञ्चल फिल्म एकेडेमी धरानको ब्यानर र याक्थुङ चलचित्रकर्मी संघ केन्द्रको संयोजकत्वमा निर्माण हुन लागेको चलचित्र ‘सिटी अफ वार’ को आज धरानमा शुभमुर्हत गरिएको छ ।
चलचित्रको मुख्य कलाकारको रुपमा रहेका जोसेफ लिम्बु र प्रशान्त राईले मुर्हत शर्ट समेत दिए । मुर्हत पछी चलचित्रको बारेमा कुराकानी गर्दै लेखक तथा निर्देशक बिजय सुब्बाले ‘सिटी अफ वार’ धरानको परिवेशमा रहेर निर्माण गरिने बताए । बिशेषगरी किशोर, किशोरी र युवायुवतीहरु लागुुऔषध र कुलतमा फसेपछी अवस्थालाई चलचित्रले प्रस्तुत गर्ने सुब्बाले बताए ।कुनै बेला धरानमा धेरै मात्रमा लागुुऔषधको प्रयोग र कारोवारीहरुले अशान्त बनाएको बिषय समाबेश छ । धरानलाई हेर्ने नकरात्मक दृष्टिलाई चिर्ने प्रयास चलचित्रले गर्ने सुब्बाको दावी छ ।
चलचित्रमा याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले केही समय अगाडी आयोजना गरेको एक हप्ते चलचित्र निर्माण तथा अभिनय सम्बन्धी कार्यशालामा सहभागी बिधार्थीहरुलाई बिशेष प्राथमिकता दिएर उनिहरुलाईनै बिशेष भूमिकामा अनुबन्ध गरिएको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रका अध्यक्ष तथा प्रोजेक्ट म्यानेजर नबिन मेन्याङ्बोले जानकारी दिए । चलचित्रमा अन्य कलाकारहरुको पनि अभिनय रहने मेन्याङ्बोले जनाए । चलचित्र निर्माणमा कोही पनि निर्माताको रुपमा नभएपनी चलचित्रलाई सहकारी मोडलमा सबैको उतिकै भूमिका र दायित्व हुनेगरी सहभागीता रहेको जानकारी दिए ।
करिव एक महिनाको छायांकन सेड्युल रहेको चलचित्र करिब पौने दुई घण्टाको हुनेछ । चलचित्रमा तिरज लिम्बुको दुई वटा र बिजय वाम्बुले राईको एक वटा गरी जम्मा ३ वटा गीत समाबेश गरिने मेन्याङ्बोले जानकारी दिए । चलचित्र छायांकन समाप्त पछी प्रदर्शनको बारेमा जानकारी दिने निर्माण टिमले जनाएको छ ।
Discussion about this post