धनकुटा । धनकुटा जिल्ला र धरानको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा पर्यटक सहायता पोस्टको स्थापना गरिएको छ ।
पर्यटक सहायता पोस्टको आज साँगुरीगढी गाउँपालिकामा अध्यक्ष जितेन्द्र रुम्दाली राईले विधिवत रुपमा उद्घाटन गरिएको छ । प्रमुख अतिथिको रुपमा गाउँपालिकाका अध्यक्ष रुम्दालीले उद्घाटन गरिएको थियो । यसरी स्थापना गरिएका पोस्टमा दुईजना पर्यटक प्रहरी रहने जनाएको छ ।पर्यटकको सुरक्षा तथा सहयोगका लागि खटिने विशेष प्रहरी जसलाई ‘पर्यटक प्रहरी’ भनेर चिनिने बताए । उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख श्यामसिंह चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यतिबेला गर्मीको मौसम छ । गर्मीसँगै चिसोमा रमाउन भेडेटारमा भारतको बिहारको विभिन्न स्थानबाट समेत घुम्न आउने गरेका छन । यसरी आन्तरिक तथा बाह्य पर्यटक आउँदा आइपर्ने समस्यालाई थप टेवा पनि यही पर्यटक प्रहरीबाट मिल्ने अपेक्षा भएको जनाएको छ । भेडेटारमा आन्तरिक रुपमा इटहरी विराटनगर अनि नकिका रहेको धरानबाट समेत घुमघाम गर्न जाने गरिन्छ ।भेडेटारमा गर्मीको समयमा हुन्छ या जाडोको मौसममा जतिबेला पनि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरिन्छ ।
भेडेटारमा पिकनिक खेल्न रमाइलो गर्न विभिन्न संघ संस्था पुग्ने गरिन्छ । यहाँ अर्गानिक कृषि उपज पाइनुका साथै होमस्टेको सुविधा तथा पाथीभरा मन्दिर नमस्ते झरना डाँडाबाट देखिने रमणिय दृष्यावलोकनको लागि पनि पर्यटकहरू आउने गरिन्छ ।
Discussion about this post