सौर्य एरलाईन्सको जहाज दुर्घटना १८ जनाको मृत्यु(दुर्घटनाको लाईभ भिडियो सहित)

काठमाण्डौ । काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुदा १८ जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौंबाट पोखरा उडान गर्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको हो। सौर्य एरलाईन्स पोखरामा मर्मत गर्नकै लागि उडेको खुलेको छ ।

दुर्घटनाका कारण विमानमा आगो लागेको थियो । अग्निनियन्त्रक र सुरक्षाकर्मीले बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको थिए।

चालक दल सहित १९ जना सवार थिए । ती सबै सौर्यको कर्मचारी नै भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित