धरान । यौनधन्दा अभिव्यक्ति काण्डको विरोधमा संलग्न भै इलाका प्रहरी कार्यालय धरानको मुला गेट हल्लाउँने संगिता राईलाई पक्राउ भएको पुष्टि गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले जानकारी दिए अनुसार संगिता राईलाई पक्राउ गरिएको छ । संगिता राईलाई हाल इलाका प्रहरी कार्यालय धरानमा नै राखिएको कुरा प्रहरीले जानकारी दिए । यस अघि पक्राउ गरिएका ७ जनालाई तत्कालै जिल्ला प्रहरी कार्यालय लगिएका थिए ।
संगिता राईलाई पक्राउ गरेसँगै पक्राउ पर्ने सङ्ख्या ८ जना भएको छ । यस अघि गत बुधबार फुलमाया मगर,मुना राई,प्रमिला राई,चन्द्रकला थेबे,शर्मिला राईलाई पक्राउ गरिएका थिए । विहिवार पूर्ण बान्तावा र सिर्जना बेघालाई पक्राउ गरिएको थियो ।
यस अघि चिसेफयुलाई संगिता राई साधा पोशाकका प्रहरीले पक्राउ गरिएको जानकारी आएको थियो । संगिता राईका सहकर्मीले आफूलाई साधा पोशाकका प्रहरीले पक्राउ गरिएको सुनाईदिन भनेर चिसेफायु लाई जानाकारी दिएका थिए । पक्राउ भएको तर त्यस कुरालाई आधिकारिक पुष्टि हुन बाकी थिए । इलाका प्रहरीलाई यस विषय थप जानकारी लिएपछि पक्राउ भएको पुष्टि भएको हो ।
Discussion about this post