धरान । धरानमा यौन धन्दा अभिव्यक्ति दिएपछि भएको काण्डसङ्गै इलाका प्रहरी कार्यालयमा विरोधमा संलग्न एकजनालाई पक्राउ गरिएको छ ।
धमलामाथी हातपात गरेको आरोपमा पक्राउ भएका पाँच जनालाई रिहाईको माग गर्दै इलाका प्रहरी कार्यालयको गेट हल्लाएर विरोध गर्ने मध्ये संगिता राईलाई प्रहरीले पक्राउ गरिएको छ । धरान ५ निवासी संगीतलाई आज साँझ पक्राउ भएको कुरा श्रम दानमा आउने दिदीबहिनी समूहले जानकारी दिएको बताए । उनले आफू घरबाहिर रहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको भन्दै श्रमदानमा आउने महिला समूहलाई जानकारी गरिएको खुलेको छ । आफूलाई प्रहरीले पक्राउ गरिएको खबर दिनु भन्दै जानकारी दिएको दिदीबहिनी समूहबाट जानकारी भएको बताए।
संगिता राई मेयर साम्पाङ्गको श्रमदानमा नियमित रुपमा श्रमदात रहेको खुलेको छ ।
यस काण्डमा पक्राउ पर्नेकोको सङ्ख्या ८ जना पुगेको छ । यस अघि गत बुधबार फुलमाया मगर,मुना राई,प्रमिला राई,चन्द्रकला थेबे,शर्मिला राईलाई पक्राउ गरिएका थिए । विहिवार पूर्ण बान्तावा र सिर्जना बेघालाई पक्राउ गरिएको छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा अभद्र व्यावहार सम्बन्धि मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी कार्याय सुनसरीले जनाएको छ ।
संगिता राई पक्राउ बारे भने प्रहरीबाट पुष्टि हुन बाकी रहेको छ ।
#यौनधन्दा अभीव्यक्ति काण्ड
Discussion about this post