धरान । चर्चित गायक तथा पछील्लो समय चलचित्रहरुमा व्यस्त अभिनेता कलाकार कुशल थलङले आफ्नो सांगीतीक जीवनको दौरानमा पहिलो पटक लिम्बु समुदायको एक लोकगीत मानिने पालम गाएका छन । कुशलाले पालम कि चर्चित गायिका मनु नेम्बाङसँग गाएका हुन । मदन वानेमको शब्द, शिव सम्बाहाम्फेको लयमा कुशल र मनुले गाएको गीत शनिवार धरानमा एक कार्यक्रम आयोजना गरी सार्वजनीक गरिएको छ । दिनेश राईले खिचेको भिडियोलाई सम्पादन, कलर र ड्रोनको काम शिर कुमार साम्पाङले गरेका छन । मिना हुक्पा चोङ्बाङ निर्मात्री र डम्बर कुमारी पयाङ मेन्याङ्बो सह निर्मात्री रहेको पालमको म्युजिक भिडियोमा गायक कुशल थलङ,बिनु तुम्बाहाम्फे, गायक डि. बि. लिम्बू,मिना हुक्पा चोङ्बाङ(यक्सो),डम्बर कुमारी पयाङ्गु(मेन्याङ्बो),शिव सम्बाहाम्फे, पूर्णिमा तुम्बाहाम्फे र रेबिका निङ्लेकूको अभिनय रहेको छ ।
पालम भित्र सृष्टि देखि मानव सभ्यताको विकास प्रेमसम्मका विभिन्न विषयहरू बताउने लिम्बु समुदायको एक लोकगीत हो । पालम नबुझ्ने लाई अल्छी लागेपनी बुझ्नेलाई यो औधी मन पर्ने र हस्यौली ठट्यौली संगै धुरुधुरु रुवाउनेसम्म हुने गर्दछ ।
पालम लिम्बु समुदायको विभिन्न सांस्कृतिक जमघट, विवाह, चाडपर्व, आदि जस्ता कार्यक्रमहरूमा गाइने गरिन्छ । पालम धान नाच नाच्दा गाइन्छ केटा र केटी बीचको प्रश्न र उत्तर सत्रको रूपमा चरणबद्ध रूपमा गाइने गीत हो । कुशल थलङले थुप्रै आधुनिक, चलचित्र, लोक गीत , लिम्बु गीतहरु गाइसकेका छन ।
यती धेरै बिभिन्न भाकाका गीतहरु गाएका कुशलले पालम चाँही पहिलोपटक अनुभव गरेको र अवसर पाए अगामी दिनहरुमा पनि पालम गाउँने बताए ।गीत संगीतसंगै पछील्लो समय अभिनयमा व्यस्त भएका थलङको पछील्लो चलचित्र ‘युक्पुङ’ हो । यो चलचित्रलाई दर्शकहरुले धेरै रुचाएका पनि छन । यही चलचित्र प्रदर्शनको लागी थलङ र कलाकार गायक डिबी लिम्बु हङकङ पनि जाने भएका छन ।
Discussion about this post