धरानको १ अर्व ७२ करोड ५३ लाख ८३ हजारको बजेट प्रस्तुत, करार र अस्थाई कर्मचारी हटाउने सहमति भएपछि नगरसभा

धरान । मेयर हर्क साम्पाङ्ग पूर्व आदान करार र अस्थायी कर्मचारी हटाउने सहमति सङ्गै धरान उपमहानगरपालिकाको १५ औं नगरसभा बस्न सकेको हो ।
१५ नगरसभामा धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र वेघाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सहित धारानको १ अर्व ७२ करोड ५३ लाख ८३ हजारको बजेट प्रस्तुत गरेको छ ।

जस अनुसार आयतर्फ आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक स्रोतबाट रु. ४२ करोड ९७ लाख ६ हजार, संघीय सरकार समानीकरण अनुदानबाट रु. ३० करोड ५२ लाख, सशर्त अनुदानबाट रु. ५० करोड ३३ लाख ८३ हजार, विशेष अनुदानबाट रु. ३ करोड २० लाख र समपुरक अनुदानबाट रु.६ करोड सहित जम्मा रु. ९० करोड ५ लाख ८ हजार, प्रदेश सरकारवाट समानिकरण अनुदानबाट रु. २ करोड १ लाख ९२ हजार, शसर्त अनुदानबाट रु. १ करोड २५ लाख, समपुरक अनुदानबाट रु. २ करोड सहित प्रदेश सरकारबाट जम्मा रु. ५ करोड २६ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँटबाट रु. २० करोड १३ लाख १२ हजार र प्रदेश राजस्व बाँडफाँटबाट १४ करोड १० लाख ९० हजार गरी यस उपमहानगरपालिकाले चालु आ.व.को लागि गरेको शुरु अनुमानमा संघ सरकार र प्रदेश सरकारबाट थपघट भई आएको रकम समेत समावेश गरी रु. १ अर्व ७२ करोड ५३ लाख ८३ हजार कूल बजेट हुन आएको जनाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ को जेष्ठ मसान्तसम्म आन्तरिक स्रोत तर्फ २६ करोड ६९ लाख ६४ हजार २ सय ७९, (अनुमानको ६२.१३%), संघीय सरकार अनुदान रु. ८३ करोड ६५ लाख ८८ हजार ६ सय २८ (अनुमानको ९२४), प्रदेश सरकार अनुदान रु. ३ करोड ४३ लाख ९२ हजार २ सय ९० ( अनुमानको ६५.२७%) र संघीय राजस्व राजस्व बाँडफाँडबाट १४ करोड ७३ लाख ६० हजार २१ रुपैया (अनुमानको ७३.१९%) र प्रदेश राजस्व बाँडफाँटवाट रु. ७ करोड ९५ लाख १५ हजार १ सय ५२ रुपैया (अनुमानको ५८.३५%) गरी कूल रकम रु. १ अर्व ३६ करोड २६ लाख ३७ हजार ९ सय ८३ रुपैंया १० पैसा (अनुमानको ७८.९७४) प्राप्त भएको उल्लेख छ।

प्रस्तुत गरिएको व्ययतर्फ चालु आर्थिक वर्षमा व्यय तर्फ संशोधनसहित रु. १ अर्ब ७२ करोड ५३ लाख ८३ हजार कूल अनुमान गरिएकोमा जेष्ठ मसान्तसम्म यथार्थ खर्च रु. ९७ करोड ५० लाख ७६ हजार २ सय ८४ रुपैया १४ पैसा भई लक्ष्यको ५६.५१% मात्र वित्तीय प्रगति भएको छ उल्लेख छ । त्यसमध्ये चालुतर्फ रु. ६७ करोड ३९ लाख ९८ हजार ८ सय २२ रुपैयाँ ४४ पैसा (अनुमानको ६५.०३%), पूँजीगततर्फ रु. २८ करोड ४६ लाख १९ हजार ३ सय ७५ रुपैयाँ ७९ पैसा (४३.४६%) र वित्तीय व्यवस्थातर्फ रु. १ करोड ६४ लाख ५८ हजार ८५ रुपैयाँ ९१ पैसा (अनुमानको ४८.३१४) वित्तीय प्रगति भएको जानकारी गराउन चाहन्छु उल्लेख छ ।

संविधान अनुसार स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गरी १५ गतेसम्म पास गरिसक्नुपर्ने प्रावधान छ । तर १० गते पनि बस्न नसकेको र पछिल्लोपटक असार ३१ गते बोलाएको नगरसभा कर्मचारीको एजेण्डामा भएको निर्णय माईन्युत लेखनको विशयसङ्गै दोस्रोपटक स्थगीत भएका थिए ।

साउन १ गतेदेखि विभिन्न कर उठाउन शुरुगर्नुपर्ने अवस्थामा आज ६ गते मात्र नगरसभा बसेपछि गाएको पाँच दिनमा नगर तथा वडामा कुनै करसम्बन्धी काम नहुने कुरा प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित