चलचित्र ‘बर र बधु’ को पहिलो गीत ‘तिमी सँग’ रिलिज

धरान । यही भाद्र १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बर & बधु’ को पहिलो गीत रिलिज भएको छ । लेखु सहयात्रीको शब्द, अर्जुन पोखरेलको संगीत, प्रताप दास र अन्जु पन्तको आवाज रहेको ‘तिमी सँग’ बोलको गीत आइतबार ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको छ ।

आज रिलिज भएको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेकाछन । रोमनियाको बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको ‘बर & बधु’ को यो गीत पनि रोमनियामा गरिएको छ । रिलिज भिडियोमा आचल शर्मा र बिबेक कर्माचार्यको जोडी गज्जब देखिन्छ । गीतमा उनीहरुको केमेस्ट्री मिलेको छ, रोमान्टिक हुँदै गीतको अन्तिममा देखाएको दृश्यले सिनेमा कस्तो बनेको होला भन्ने कौतुहलता जगाउछ ।

एलआरके प्रोडक्शनको ब्यारनमा निर्माण भएको ‘बर & बधु’ मा प्रदीप भारद्वाजको कथा , सफल निर्देशक मिलन चाम्सले निर्देशन रहेको छ । चलचित्रको निर्माता जानुमा थापा र कार्यकारी निर्माता अमित रिजाल हुन । नेपाल र रोमानियाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रलाई रबिन्द्र न्यौपाने र अनिश स्याङ्देनले खिचेका हुन भने डिओपी सुदीप बराल हुन्। भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ। गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित