अन्तत मेयर साङपाङले भनेजस्तै कर्मचारी हटाउने सहमति,१५ औं नगरसभा बस्दै

धरान । करार तथा अस्थायी सेवामा रहेका कर्मचारीको विषयलाई लिएर स्थगीत भएको धरान उपमहानगरपालिकाको नगरसभा बस्नको लागि सहमति जुटेको छ ।

३१ असारमा बसेको कार्यपालिकामा बैठकमा प्रदेश कानुन बमोजिम करार र अस्थायी कर्मचारी राख्न नपाउने भएपछि मेयर हर्क साम्पाङले सन्तोषजनक काम नगर्ने कर्मचारी हटाउने तर अन्यको करार थप्ने माईन्युट लेख्दा नगरसभा प्रभावित भएका थिए । आज बसेको कार्यपालिका बैठकमा करार र अस्थाई कर्मचारीलाई विदा गर्नेबारे कार्यपालिकामा सहमति जुटेको छ । यो सँगै धरान उपमहानगरपालिकाको १५ औं नगरसभा हुने भएको हो ।

अस्थाई तथा करारमा रहेका कर्मचारी हटाउने सहमति भएपछि अव नगर प्रहरी प्रमुख कोइरालालाई हटाउन सकिने भएको छ । विष्णु कोइरालालाई मेयर साम्पाङले आफ्नो निर्देशन पालना नगरेको भन्दै विदामा बस्न आदेश दिएका थिए । ३१ गतेको माईन्युटले कोइराला सहित यस अघिका एमाले काँग्रेसले राजनीतिक नियुक्ति गरेकाहरू हटाउने त्रास वडा अध्यक्षहरुमा भएपछि नगरसभाको लागि सदस्यहरुलाई उपस्थिती तथा हस्ताक्षर नगर्न उर्दी जारी गरेसँगै नगरसभा स्थगीत भएको थियो ।

आजको बसेको कार्यपालिका बैठकमा २०७४ असोज २९ भन्दा अगाडि र पछाडिका करार तथा अस्थायी कर्मचारीहरुले स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन २०८० को दफा १६ को (ग) (३) वमोजिम लोकसेवामा भाग नलिनेहरुका लागि बिशेष सुविधा उपलब्ध गराउने निर्णय भएको छ ।

बिशेष सुविधा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक प्रतिवेदन तयार गर्न र बजेट व्यवस्थापनको लागि लेखा प्रमुख भेषराज अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । यो निर्णयसँगै नगर प्रहरी प्रमुख कोइरालासहित अन्य करार कर्मचारीहरुलाई बिशेष सुविधा (गोल्डेन ह्याण्डसेक) दिएर विदा गर्ने बाटो पनि खुलेको छ ।

नगर प्रहरी प्रमुख कोइरालाको बिषयमा भने उपमेयर अइन्द्रबिक्रम बेघा, प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)लगायत केही अध्यक्षहरुले निर्णय पुर्नविचार गर्न आग्रह गरेका थिए । उनीहरुले नगरपालिका विधि र प्रक्रियामा चल्नुपर्ने भन्दै मेयर साम्पाङलाई मन लाग्दा राख्ने, मन नलाग्दा जागिरबाट हटाउने शैली ठिक नभएको पनि बताएका थिए ।
कार्यपालिका बैठकमा यसरी कुरा उठेपछि उपमेयर बेघाले नगर प्रहरी सञ्चालन कार्यविधि बनाउनुपर्ने धारणा राखेका थिए । ‘विष्णु कोइरालालाई वलि चढायौं चढायौं, अरु साथीहरु वलि चढ्नुहुदैन,’ उनले भने,‘आदेश मुखले दिनुपर्ने हो कि के हो ? नियमसंगत कानुन सम्मत आदेश दिन मिल्छ, तर नियमभन्दा बाहिर गएका आदेशलाई कार्यान्वयन नगर्नेहरुलाई कारबाही गर्ने कुरा आयो भने के हुन्छ ?’

नगर प्रहरी प्रमुखलाई नहटाउन उपमेयर बेघाले आग्रह गरेपनि कार्यपालिका बैठक बस्नुअघिको प्रि मिटिङमा नै यो बिषयमा सहमति जुटिसकेको हुनाले यो बिषयमा कसैले पनि अडान भने लिएनन् । उपमेयर बेघाले प्रि मिटिङ नबस्ने अड्डी कसेका मेयर साम्पाङले आफ्नो माग अनुसार नै प्रिमिटिङ बसेको र आफुले भने अनुसार पुष्टि भएको भन्दै खुशी पनि व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित