धरान । पहाडबाट पढ्न झरेका महिला धरानमा यौनधन्दा गरेको अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गर्नेलाई नै प्रहरीले पक्राउ गरेको भन्दै इलाका प्रहरी कार्यालयमा धर्ना दिइरहेका छन ।
बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पुगेका सञ्जिता धमला बिरुद्ध लाग्ने पाँच जना महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरिएको कुरा सहभागि महिलाहरुले बताए । पक्राउ हुनेमा फुलमाया मगर,मुना राई,प्रमिला राई,चन्द्रकला थेबे,शर्मिला राई रहेको बताए । पाँचै जनालाई बिपी प्रतिष्ठान परिसर प्रहरीले नियत्रणमा लिएको बताए । घटना स्थलमा रहेका हिरामाया गुरुङले आफू पनि बिरामी हेर्न बिपी क्याम्प पुगेको जानकारी दिए । त्यही क्रममा सन्जिता धमला पनि त्यहाँ रहेको जानकारी भएको बताए । धमलासँग साधा पोशाकमा सुरक्षाकर्मी रहेको भन्दै पछि प्रहरीको भेन् आएर केही महिलाहरुलाई नियन्त्रणमा लिएको बताए । सिर्जना वेघले आफूलाई समेत नियन्त्रणमा लिन खोजेको भन्दै धमला बिपी क्याम्पभित्र रहेको आफूले पनि थाहा पाएको बताए । धमलामाथी कुनै हातपात गर्ने योजना नभएको दाबी गर्दै षडयन्त्रपूर्वक पक्राउ गरिएको दाबी गरे ।
पक्राउ हुनेमा फुलमाया मगर,मुना राई,प्रमिला राई,चन्द्रकला थेबे,शर्मिला राई रहेको बताए ।
पक्राउ गरिएका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय लागिएको कुरा विरोधमा उत्रेका महिलाहरुले बताए । विरोधमा इलाका प्रहरी कार्यालय धरानको गेटमा धर्ना दिइरहेका छन । नाराबाजी गर्दै रिहाईको माग गरिएको छ । विरोधमा उत्रेका महिलाहरुले खराब अभिव्यक्ति दिने धमलालाई पक्राउ गर्नुको साटो पीडितलाई नै प्रहरीले पक्राउ धरपकड गरेको बताए ।
सञ्जिता धमलाले सामाजिक सञ्जालमा लेखेको छ – ‘हालैको घटना, जहाँ म बिरामी अवस्थामा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको X-RAY 1 नं कोठामा पालोमा थिएँ, अत्यन्तै पीडादायक र अकल्पनीय छ। हर्क साम्पाङका महिला समर्थकहरूले “ धमलालाई कुट्न आको भन्दै” म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका थिए। मोबाईल खोस्ने प्रयास समेत गरे । प्रहरीले हालसम्म ५ जनालाई पक्राउ गरिसकेको छ।’
धमलाले इलाका प्रहरी कार्यालयले आयोजना गरेको असार १९ गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा धरानमा जनप्रतिनिधिले पैसामा नागरिकता दिएको साधा पोशाकका प्रहरीले नै लागू औषध बिक्री गरेको तथा पदबाट धरान पढ्न आएका एक महिला यौनधन्दामा संलग्न रहेको जस्ता आरोप लगाएका थिए । उक्त आरोपको मेयर साङपाङले प्रमाण दिन कार्यकक्षमा बोलाएपछिको घटना क्रमिक रुपमा उग्र लिँदै गइरहेको छ ।
#यौनधन्दा अभिव्यक्ति काण्ड
Discussion about this post