काठमाडौं । प्रचण्ड नेतृत्व सरकार ढलेपछि केपी ओलीका सरकारले सपथ लिएकै दिन पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेर नेपाली जनतालाई उपहार दिएको छ ।
सर्वहाराको पार्टी भनेर ड्वाँङ फुक्ने कम्युनिस्टको खोल ओढेका एमाले नेतृत्व सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ । जस अनुसार पेट्रोलमा ४ रुपैया र डिजेलमा ३ रुपैया प्रति लीटर मूल्यवृद्धि गरेको छ ।
यसरी पेट्रोलिय पदार्थमा मूल्यवृद्धि गरेपछि नयाँ मूल्य अनुसार पेट्रोल प्रति लीटर पहिलो वर्गको लागि रु १६८/५०,दोस्रो वर्गको लागि रु १७० र तेस्रो वर्गको लागि १७१ रुपैया कायम गरिएको छ । त्यसैगरी डिजेल प्रतिलिटर रु १५७/५०,१५९ र १६० रुपैया कायम भएको छ ।
पेट्रोलिय पदार्थमा मूल्यवृद्धि भएसँगै यातायातमा भाडाको दर वृद्धि हुनेछ । साथै ढुवानीमा समेत वृद्धि हुनेछ । यसरी वृद्धि भएको भाडा तथा ढुवानी वृद्धिसङ्गै हरेक खाद्यान्न सरसामानमा मूल्यवृद्धि भएर जानेछ । यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा पर्न जानेछ ।
Discussion about this post