धरान । गत असार १० गते स्थगीत भएको नगर सभा पुन असार ३१ बोलाएको भए पनि कार्यपालिका बैठकको कुरालाई लिएर पुन स्थगीत भएको छ।
सोमबार बोलाएको नगरसभा कर्मचारीको विषयलाई लिएर नगरसभा नै बस्न नसकी स्थगीत भएको छ । नगरपालिकामा रहेको करारमा रहेको कर्मचारीलाई व्यावस्थापन गर्न कार्यपालिका बैठकमा एजेण्डा भएपछि स्थाई बनाउन लोकसेवा मार्फत ल्याउने सहमति सहितको निर्णय भएका थिए । तर त्यही निर्णयलाई माइन्युट लेख्दा अघिल्लो नगरसभा जस्तै विवाद भएपछि सभा नै बस्न नसकेको हो ।
यस विषयमा मेयर हर्क साम्पाङसंग बुझ्दा हिजै कार्यपालिका बैठकमा निर्णय भै बजेट पारित गरी नगरसभाबाट पारित गर्न तयार भइसकेको निर्णयलाई आज कर्मचारीको विषय उठाएर नगरसभा बस्न नसकेको बताए । आजको कार्यपालिका बैठकमा करार कर्मचारी व्यावस्थापन गर्न लोकसेवाबाट कर्माचारी न आइन्जेलासम्म कर्माचारी राख्ने निर्णय भएको थियो । तर माईन्युट लेख्दा सन्तोषजनक काम गर्ने करारका कर्मचारीहरुलाई मात्रै राख्ने भन्ने कुरा मन नपरेको, असन्तोषजनक काम गर्ने, अनुशासनहीन कर्मचारी सबैलाई राख्नै पर्ने दवाव देको कारणले सभा बस्न नसकेको मेयर साङपाङले बताए ।
आज नगर सभा बस्न नसकेपछि साउन १ गतेदेखि खर्च गर्ने तथा कर उठाउन नपाउने कुरा प्रमुख प्रशासकिय अधिकृत भूपेन्द्र राईले जानकारी दिए । आज नगर सभाले आर्थिक ऐन विनियोजन ऐन पारित गर्नुपर्ने हुन्थ्यो । तर अव भने नगर सभा बसेपछि मात्र त्यसलाई पारित गरेर हुने बताए ।
बैठकमा दुई निर्णय माईन्युट जस्ताको त्यस्तै
मीति २०८१/०३/३१ गते धरान उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकमा भएकोछलफल र निर्णय भएका विषयहरुः
१. बैठकको गणपुरक संख्यासम्बन्धमा।
यस उपमहानगरपालिकाको कार्यपालिकामा जम्मा सचिव सहित ३१ जना सदस्य रहेकोमा आजको बैठकमाजम्मा…..जना सदस्यहरूको उपस्थित रहेकोले गणपूरक संख्या पूरा भएको हुँदा अध्यक्षबाट बैठक सुरु भएको जानकारी बैठकमा गराउनु भयो।
२. अघिल्लो कार्यपालिका बैठकको समीक्षा सम्बन्धमा ।
यस अधि मिति २०८१/०३/३० गते बसेको कार्यपालिकाको बैठकमा विविध सहितजम्मा १०वटा निर्णयहरु भएका थिए। उक्तनिर्णयहरुकार्यान्वयनको चरणमा भएको बैठकमा जानकारी भयो।
३. अनुशासन र कार्यकुशलता मूल्यांकन सहित करार तथा ज्यालादारी कर्मचारीको म्याद थप गर्ने सम्बन्धमा । यस धरान उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र मातहतका कार्यालयहरुमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुको अनुशासन र कार्यकुशलताको मूल्यांकन गर्दै सन्तोषजनक काम गर्ने करार सेवा तया ज्यालादारीमा कार्यरत त्यस्ता कर्मचारीहरु जो जो जुन पदमा रहेका छन् सोहि पदमा लोकसेवाबाट पदपूर्ती नभइन्जेलसम्मका लागि करार तथा ज्यालादारीमा नविकरण गर्ने सर्वसम्मत निर्णय गरियो।
४. संगठन संरचना तथा दरबन्दी पनरावलोकन सम्बन्धमा ।
स्थानीय सरकारी सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन (प्रदेश राजपव कोशी प्रदेश द्वारा प्रकाशीत। परिच्छेद ३ दफा ६ बमोजिम संगठन संरचना वा दरवन्दी पुनरावलोकन वा हेरफेर गर्न मिति २०८१।०३।२७ मा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा सिफारिस समिति गठन भई संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सम्बन्धी निर्णय स्थगीत गरी त्रागामी कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरियो।
२०८१/०३/३१ गते धरान उपमहानगरपालिकाको अफर निर्णएक विषयः
१. बैठकको गणपुरक संख्यासम्बन्धमा ।
पस उपमहानगरपालिकाको कार्यपालिकामा जम्मा सचिव सहित ३१ जना सदस्य रहेकोमा आजको बैठकमाजम्मा….जना सदस्यहरुको उपस्थित रहेकोले गणपूरक संध्या पूरा भएको हुँदा अध्यक्षबाट बैठक सुरु
भएको जानकारी बैठकमा गराउनु भयो।
२. अधिल्तो कार्यपालिका बैठकको समीक्षा सम्बन्धमा ।
यस अघि मिति २०८५/०३/३० गते बसेको कार्यपालिकाको बैठकमा विविध सहितजम्मा १० वटा निर्णयहरु
भएका थिए। उक्तनिर्णयहरूकार्यान्वयनको चरणमा भएको बैठकमा जानकारी भयो। ३. अनुशासन र कार्यकुशलता मूल्यांकन सहित करार तथा ज्यालादारी कर्मचारीको म्याद थप गर्ने सम्बन्धमा ।
यस धरान उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र मातहतका कार्यालयहरुमा विगत वर्षदेखि सन्तोषजनक काम नगर्ने अनुशासन कार्यकुशलतामा कमजोर कर्मचारीदेखि बाहेक करार सेवा तथा ज्यालादारीमा कार्यरत त्यस्ता कर्मचारीहरु जो जो जुन पदमा रहेका छन् सोहि पदमा लोकसेवाबाट पदपुर्ती नभइन्जेलसम्मका लागि करार तथा ज्यालादारीमा नविकरण गर्ने सर्वसम्मत निर्णय गरियो।
४. संगठन संरचना तथा दरबन्दी पुनरावलोकन सम्बन्धमा ।
स्थानीय सरकारी सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन (प्रदेश राजपच कोशी प्रदेश द्वारा प्रकाशीत। परिच्छेद ३ दफा ६ बमोजिम संगठन संरचना वा दरबन्दी पुनरावलोकन वा हेरफेर गर्ने मिति २०८१।०३।२७ मा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा सिफारिस समिति गठन भई संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सम्बन्धी निर्णय स्थगीत गरी आगामी कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरियो।
Discussion about this post