धरान । गत असार १० गते स्थगीत भएको धरान उपमहा नगरपालिकाको १५ नगर सभा आज पनि बस्न सकेन ।
दिउँसै १२ बजे बोलाएको कार्यपालिका बैठक ५ बजे मात्र बसेको थियो । कार्यपालिका बैठकमा कर्मचारीको एजेण्डामा छलफल भए पनि निर्णयले पूर्णता पाएको थिएन । कार्यपालिकामा भएको निर्णयलाई माइन्युट लेख्दा अघिल्लो नगरसभा बस्न नसके जस्तै यसपटक पनि कार्यपालिकाको बैठकको निर्णय माइन्युटमा नै विवाद भएपछि बस्न नसकेको हो ।
सभा शुरु हुनु अघि यसपटक पनि माईन्युट लेख्दा कुरा नमिले पछि मेयर हर्क साम्पाङ्ग बाहिरिएका थिए । त्यसपछि कार्यपालिका सदस्यले असन्तुष्ट पोख्दै अनिर्णयको बन्दि बनाउन नहुने भन्दै नाराबाजी पनि गरेका थिए ।
भरखरै प्राप्त जानकारी अनुसार मेयर हर्क साम्पाङ्ग नगरसभा हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा पुगेको जानकारि आएको छ ।
Discussion about this post