धमलाको विवादित अभिव्यक्तिले विद्यार्थी र मजदुरहरूको आत्मसम्मानमा चोट,नागरिकता जस्तो महत्वपूर्ण सरकारी कागजात पैसा लिएर वितरण गम्भीर

धरान । धमलाको विवादित अभिव्यक्तिले एकातर्फ समस्त महिला विद्यार्थी र मजदुरहरूको आत्मसम्मानमा चोट पुगेको र अर्कातर्फ देशको राष्ट्रियता सँग जोडिएको नागरिकता जस्तो महत्वपूर्ण सरकारी कागजात पैसा लिएर वितरण भइरहेको विषयले स्थानिय शान्तिशुरक्षामा खलल पुग्नुका साथै राज्यसरकार प्रति जनतामा अविश्वास पैदा भैरहेको ठहर रहेको कुरा जनता समाजवादीले गरेको छ।
जनता समाजवादी पार्टी धरान नगर समितिलका अध्यक्ष नरेन्द्र पारघरी लिम्बुद्वारा हस्ताकक्षारित प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नागरिकले बोल्न पाउने मौलिक हक हो, तर आफ्नो वाक स्वतन्त्रताको हकलाई प्रयोग गर्दा जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति दिन सबै नागरिक समक्ष यसै विज्ञप्ती मार्फत अपिल गर्दछौं भनिएको छ। कानुनको सामान्य सिद्धान्त अनुसार जस्ले आरोप लाउंछ, उसै मार्फत आरोप प्रमाणित हुने सवुत पेश हुनुपर्दछ भन्नेछ, उल्ले छ । त्यसकारण देशमा जारी भएको सबैखाले कानुनलाई आत्मासाथ गरी आफ्नो गतिविधि गर्न सबै नागरिकको दायित्व रहने विषयलाई सजगतापूर्वक लिईदिनुहुन अनुरोध गर्दै, आगामी दिनमा यस प्रकारको घटना नदोहोरिने वातावरणको सुनिश्चिता एवं सबै नागरिकले सम्मानजनक बाच्न पाउने अधिकारलाई संरक्षण गर्ने, गराउने कार्यमा संवेदनशील हुन सम्बद्ध सबैमा जनता समाजवादी पार्टी, धरान उपमहानगर समिति विशेष आग्रह गर्दछ,भनिएको छ ।
विज्ञप्तिमा हाल जिम्मेवार पक्षबाटै पक्षधरताको राजनीति पनि भईरहेको आभास भएको छ, जुन विषय धराने जनताहरूका लागि दुःखद छ भन्दै दाबी गरिएको छ । धराने जनताहरूको गौरवपूर्ण इतिहासलाई कायम राख्दै जिम्मेवार पक्षबाट सकारात्मक भूमिका रहोस् भन्ने अपिल पनि विज्ञप्तिमा जनाएको छ । अन्यथा, यस किसिमको गैरजिम्मेवार गतिविधि तथा पक्षधरताको राजनीतिका कारण उत्पन्न हुनसक्ने अप्रिय घटनाहरूको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनु पर्ने पनि विज्ञप्तिमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित