धरान । धरानमा भरिएको सञ्जिता धमलाको अराजक गति प्रशासनले वेवास्ता गरेर थप प्रोत्साहन गरेको आरोप लिम्बू विद्यार्थी मञ्चले लगाएको छ ।
लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्य समिति सुनसरीले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको छ । मञ्चका अध्यक्ष बिनिता मादेन र सचिव प्रदीप फावेनद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा धरानलाई सिध्याउनेहरुको मिलेमतोमा गतिलै झोलीझेम्टी भिरेर लागेका यिनको अराजक गतिविधिलाई प्रशासन समेतले बेवास्ता गरि थप प्रोत्साहन गरेको जस्तो देखिन आएकोले तत्काल नियन्त्रणमा लिई कानुनी कठघरामा उभ्याउन लिम्बु विदार्थी मञ्च जिल्ला कार्यसमिति सुनसरी सम्बन्धित निकायलाई अपिल गर्दछ भनिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा संजिता धमलाले पहाडबाट अध्ययन गर्न आउने विद्यार्थीहरु यौन व्यवसायमा संलग्न रहेको भनि विद्यार्थीरुलाई लक्षित गरि आपत्तिजनक लान्छना लगाएको प्रति लिम्बु विद्यार्थी मञ्च जिल्ला कार्यसमिति सुनसरीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
धरानमा अध्ययन गर्न आउने विद्यार्थीहरु अन्य शहरमा विस्थापन गराउने षड्यन्त्रको ठूलै पोको बोकेर यी व्यक्ति अभियान नै चलाएर हिडेको आरोप लगाएको छ । गतवर्ष भाद्र ९ गतेको काण्डले विशाल रुप सिर्जना हुनुमा समेत यीनको हात रहेको दाबी बज्ञप्तिमा छ । धरानको ईज्जत, प्रतिष्ठा र भविष्य माथि प्रश्न उठाएर हिड्ने यस्ता अराजक र मिथ्या समुहको गतिविधिले धराने नागरिकहरु र आम विद्यार्थी साथीहरु अत्यन्तै सम्बेदनशिल हुन जरुरी रहेको उल्लले छ । आम अभिभावकहरुमा निजले भने जस्तो गतिविधि धरानमा नरहेको स्पस्ट गराउदै ढुक्क रहन पनि अनुरोध गरिएको छ ।
Discussion about this post