मिसेस धरान आइकोनको दोस्रो अडिसन सम्पन्न

धराने मिडिया । एल एंड सि मोडेल एजेन्सी प्रा.लिद्वारा आयोजित मिसेस धरान आइकोन २०२४ को दोस्रो अडिसन सम्पन्न भएको छ ।

शनिवार धरान-१३ स्थित “थि धरान भिउ” रेस्टुरेन्टमा भएको दोस्रो अडिसनसंगै पहिलो चरणको अडिसन राउण्ड सकिएको हो । आज भएको अडिसन २२ जनाले नाम दर्ता गरेकोमा १० जना मात्र सहभागी भएको कुरा एल एंड सि मोडेल एजेन्सी सिइओ दीपक गिरीले जानकारी दिए ।
अडिसनको निर्णायकमा सामाजिक अभियानता रिता खापुङ, जुनास फिटनेसका सि.ई.ओ जुना राई, महिला संजाल धरानका पुर्व अध्यक्ष शिला बज्राचार्य, लायन्स क्लब (३२५) सि का क्षेत्रीय निर्देशक एक्ता श्रेष्ठ र व्यावसायिक जुमा राई रहेका थिए ।

असार २२ गते भएको पहिलो अडिसन र आज भएको दोस्रो अडिसनको एकै साथ आईतबार दिउसो नतिजा प्रकाशित गर्ने आयोजकले जानकारी दिएका छन ।

कार्यक्रममा एल एड सि मोडेल एजेन्सीका सि.ई.ओ दिपक गिरिले आफ्नो शुभकामना मन्तव्य दिदै कार्यक्रमको समापन गरेका थिए । उनले सो मन्तव्यमा मोडेलिङ भनेको छोटो लुगा लगाउनु मात्र नभएको र आफ्नो सस्कृतिक पोसाकमा पनि मोडेल गर्न सकिने बताएका थिए ।
कार्यक्रममा सक्षम सुलौलो महिलाको अध्यक्ष सारा गुरुङ, साथ सहयोग समर्थन नेपालको सस्थापन अध्यक्ष रचना घिमिरे, समाजसेवी तथा युवा नेता सम्राट श्रेष्ठ, आइ.एम.ई लाईफ इन्स्योरेन्सका एजेन्सी मेनेजर दुर्गा श्रेष्ठ राई र फेस अफ पुर्व २०२४ को फस रननर अप सोचना तामाङको उपस्थिति रहेको थियो ।

आजको अडिसन राउण्डको कार्यक्रमको प्रस्तोता पासाङ मोक्तानले गरेका थिए । नतिजा प्रकाशित भएपछि सहभागि ३० जनालाई एक महिनाको लामो प्रशिक्षणपछि ग्राण्डफिनाले गरिने जानकारी दिए । (तस्बिरहरु :गोपाल पौडेल )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित