धरान । लिम्बू याक्थुङ समूदायको सांस्कृतिक संगीतमा आधारित तयार पारिएको भ्युजिक भिडियो मिम्जिरे लाम्हा पालामको सार्वजनिक गरिएको छ ।
धरानमा बुधबार औपचारिक कार्यक्रमको आयोजना गर्दै याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नवीन मेयाङबोको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको छ । सुवर्ण नेम्बाङ्ग र शान्ता केरुङद्धारा रचना गरिएको शब्दलाई सुमन लिम्बू, दुर्गा तुम्सा, विवस नेम्बाङ्ग,निरन्ती नेम्वाङले गाएका छन् ।
याक्थुङ समुदायको भाषामा मिम्जी भनेको माया र लमको अर्थ बाटो हुने भएकोले मायाको बाटो हुने कुरा म्युजिक भिडियाे निर्माता तथा मोडल नुमा लिम्बूले जानकारी दिए । यस भिडियोमा छ जनाले खेलिएको भन्दै यसमा श्रीमान विदेशमा रहेको अवस्थामा स्वदेशमा रहेको श्रीमती अर्कैसंग बिहे भएको कथालाई समेटिएको कुरा नुमा लिम्बूले जानकारी दिए । दुःख सुखमा समेत गाइने चलन रहेको पालाम जहाँ स्त्री पुरुषको मायाप्रिती हुने जानकारी दिए । पालाम गाउँदा कुटुम्ब चल्ने नचल्ने बुझिने भन्दै त्यस्तो भएको अवस्थामा चेली माईती सम्बन्धीका पालाम गाउने बताए । लिम्बू समुदायमा पालाम दुःखको बेला पनि गाउने प्रचलन रहेको जानकारी दिए । त्यस्तो अवस्थामा त्यही अनुसारको शब्द हुने बताए । म्युजिक भिडियो खदाम खोला लगायत सुनसरी जिल्लाका विभिन्न स्थानमा छायांकन गरिएको छ ।म्युजिक भिडियोमा गायक तथा कलाकार कुशल थलङ, डिबी लिम्बु , कमल थेगिम, नुमा नेयोङ (अनुशा) कृष्ण कला आङ्बुहाङ र कुमारी लिम्बुले अभिनय गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि नवीन मेयाङबोले संसारमा कला आवश्यकताले मानवीय क्षति पुग्न गएपछि अदृश्य शक्ति पुकार्नुपर्ने अवस्थामा ग्रीसबाट शुरु भएको बताए । नेपालमा भने लिखित रुपमा मल्ल कालदेखि शुरुभएको बताए । तर लिम्बू समुदायको पालाम हाकपारे कहिलेदेखि शुरु भए भन्ने कुरा लेखाजोखा नभएको दाबी गरे । मेयाङबोले लिम्बू जन्मजात नै कलाकार भएर जन्मेको हुनुपर्ने दाबी गरे । मल्ल कालदेखि भन्ने कुराको खण्डन गर्दै लिम्बू समुदाय आदिवासी हुन भने त्यो भन्दा पर नेपालको कला संगीत रहेको ठोकुवा गरे । उनले अव त्यसलाई सच्याउनुपर्ने बताए । यो अवस्थामा याक्थुङ चलचित्रकर्मी संघ पनि गठन गर्नुपर्ने जस्तो आवश्यता नभएको बताए । मेलापातदेखि बाउबाजेले गाउँदै आएको भन्दै हेर्दा हल्लिएको जस्तो देखिए पनि जीवन जगत रहेको त्यो भित्र रहेको मार्मिक शब्दले धुरुधुरु रुवाउने बताए ।
कार्यक्रममा कलाकारहरुलाई प्रशंसा पत्र प्रमुख अतिथिबाट वितरण गरिएको थियो ।
Discussion about this post