तुरुन्त माफी मागेर सच्चिन धमलालाई स्वतन्त्र विद्यार्थी युनियनको आग्रह

धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययरत सन्तुजिता धमलाले केही दिन अगाडि यौनधन्दा सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिलाई तुरुन्त माफी मागेर सच्चिनको लागि स्वतन्त्र विद्यार्थी युनियनले आग्रह गरेको छ ।

स्वतन्त्र विद्यर्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै धमलालाई आग्रह गरेको हो । युनियनका सभापति युवराज राई अलौकिक र सचिव सनीक श्रेष्ठ मल्लद्वारा हस्ताक्षरित विज्ञप्तीमा बिना प्रमाण अनु‌मानको भरमा कुनै क्षेत्र समुदाय र व्यक्तिलाई इंगित गरि सामाजिक परिवेश विथोल्ने र कसैको नैतिक चरित्र गिराउने खालको प्रश्न र अभिव्यक्तिहरु दिनु कानुन बमोजिम पनि अपराध हुने दाबी छ ।

धरान भित्रका क्याम्पस र विद्यालयहरुमा पहाडी भेगबाट अध्ययनको लागि धरान आउने छात्रा विद्यार्थीहरु अनैतिक यौनकर्म गरिरहेको भन्ने विषय उठान गर्नु भएको विषयप्रति हाम्रो गम्भिर ध्यानार्षण भएको उल्लेख छ । धरानमा त्यस्ता अनैतिक कार्यहरु मौलाएको प्रमाण भएमा प्रमाण सहित सम्बन्धित निकायमा पेश गरि समाधानको बाटोमा लाग्नुपर्नेमा उल्टै विना प्रमाण पहाडि क्षेत्रबाट अध्ययनको लागि धरान आउने छात्रा विद्यार्थीहरुलाई इंगित गर्दै ती विद्यार्थीहरुको सामाजिक एवम् नैतिक चरित्र गिराउने प्रयास भएकोले स्पष्टिकरण सहित सामाजिक स्तरमा तुरुन्त माफी मागेर सच्चिन भनिएको छ ।
आगामि दिनहरुमा बिना प्रमाण कुनैपनि क्षेत्रविशेषका विद्यार्थीहरुको नैतिकता गिराउने साथै सामाजिक परिवेशलाई विथोल्ने खालका कुनै पनि प्रश्न र अभिव्यक्तिहरु नराख्नको लागि सचेत पनि विज्ञप्ति मार्फत गराएको छ । यस विषयलाई सम्बन्धित निकायले गम्भिरताका साथ लिईदिन हुनको लागि समेत ध्यानाकर्षण गरिएको छ ।

धरान एउटा महत्वपूर्ण शिक्षण गन्तव्यको रुपमा विगतबाट नै परिचित शहरको रुपमा स्थापित रहेको भन्दै धरान उपमहानगरपालिका भित्र महेन्द्र बहुमुखी क्याम्पस धरान, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, केन्द्रिय प्रविधि क्याम्पस हातिसार, पिन्डेश्वर विद्यापिठ र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान लगायत दर्जनौ बढि निजि कलेज र दर्जनौ बढि मात्रामा सरकारी तथा निजि विद्यालयहरु अवस्थित रहेको विज्ञप्तिमा उल्लेख छ। उक्त क्याम्पस तथा विद्यालयहरुमा धरानका स्थानीय विद्यार्थी सगै अधिकाशं पहाडी भेगवाट आफ्‌नो शैक्षिक भविष्य निमार्ण गर्न अध्ययनरत रहेका छन् भनिएको छ ।

#यौनधन्दा अभिव्यक्ति काण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित