धरान । केहीदिन अघि धरानका मेयर हर्क साम्पाङ्ग र सञ्जिता धमला बीच भएको सार्वजनिक सुनुवाईको विशपछि थप चर्किएको विवादमा पहिचानवादी मोर्चाले धमलालाई कारवाहीको माग गरेको छ ।
मोर्चाले आज प्रेस विज्ञप्ति जारी गर्दै -‘जननिर्वाचित मेयरको कार्यकक्षमा अभद्र व्यवहार गर्ने सञ्जिता धमलालाई प्रचलित कानून बमोजिम कारबाहीको लागि माग गर्दछौं भनिएको छ ।’ पहिचानवादी मोर्चा धरान तदर्थ समितीका संयोजक सुरेश साउँदेन् र सदस्य सचिव करुण बरसिङ्गे राईद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गर्दै गंभीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा सार्वजनिक सुनुवाइ कार्यक्रममा दिएको अभिव्यक्ति ‘विवादास्पद’ र ‘आपत्तिजनक’ भएकोले पहिचानवादी मोर्चा, धरानले यस अभिव्यक्तिप्रती खेद व्यक्त गर्दछ उल्लेख छ । विना प्रमाण यस्तो आपत्तिजनक अभिव्यक्ति दिनु र वाक स्वतन्त्रताको नाममा जननिर्वाचित मेयरको कार्यकक्षमा सेवाग्राहीलाई प्रभावित हुने गरि अनुशासनको मर्यदासम्म ख्याल नराखी नीच स्तरको शब्द प्रयोग गरि होहल्ला गर्नु, मेयरलाई अनावश्यक विवादमा तान्न खोजिएको आरोप ।
यस अघि धमलाको पक्षमा धरानमा रहेका राजनीतिक दलहरुले संयुक्त रुपमा समर्थन गर्दै विज्ञप्ति निकालेको थियो । त्यसैगरी राजनीतिक दलमा आवद्ध रहेका पत्रकार संगठनले पनि समर्थनमा विज्ञप्ति जारी गरिएको छ ।
यसैबीच धरानमा रहेका श्रमदाता दिदिबहीहरुले धमलाले दिइएको अभिव्यक्ति बिरुद्ध इलाका प्रहरी कार्यालय धरानमा मानहानीको उजुरी दिएका थिए । प्रहरीले पक्राउ नगरी कारवाही नगरेको भन्दै महिला दिदीबहिनीहरुले इलाकामा घेराउ तथा नाराबाजी गर्दै सडक बजार परिक्रमा गरेका थिए ।
Discussion about this post