धरान उपमहानगर वडा नम्बर २ बालमैत्री वडा घोषणा (फोटो भिडियो सहित)

धरान । धरान उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने उद्दश्यले अघि बढिरहेको अवस्थामा वडा नम्बर २ बालमैत्री वडा घोषणा गरिएको छ ।

असार २३ गते प्रदेश १ सभासद यसोदा कायस्थको प्रमुख आतिथ्यमा निकेतन स्कुलको प्राङ्गगनमा सम्पन्न भएको हो । केही दिन अघिमात्र वडा नम्बर ३ पनि वडा बालमैत्री घोषणा भएको थियो । यस अघि ३९ सूचक पार गरेर वडा बालमैत्री घोषणा भएको वार्डपछि अहिले सूचक थप गरेर ५१ बनाएको छ । अव धरान उपमहानगरमा दुईटा वडा बालमैत्री हुन बाकी छ । सभासद कायस्थले यस अघि झापा जिल्ला बालमैत्री घोषणा भएको भन्दै एवं धरानलाई बालमैत्री नगर घोषणापछि सुनसरी जिल्ला बालमैत्री घोषणा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित