प्रथम मिसेज आइकनको पहिलो अडिसन सकियो

धरान । एल एन सि मोडेल एजेन्सी प्रा.लि द्वारा आयोजित पहिलो मिसेस धरान आइकनको प्रथम अडिसन शनिवार सम्पन्न भएको छ ।

होटल हाङकुक साराङ कोरिया रेस्टुरेन्टमा प्रथम अडिसन सम्पन्न भएको हो । अडिसनमा विवाहित, सम्बन्ध विच्छेद र एकल महिलाहरुको सहभागी रहेका थिए । सहभागीको उमेर १८ देखि ४५ वर्षको हुन्माउपर्ने पदण्ड राखिएको छ । शनिवारभएको पहिलो असिसनमा जम्मा २५ जनाको सहभागी रहेको थिए।

शनिवारको अडिसनमा निर्णायक सरिता न्यौपाने, लिला थापा, चद्रकला लिम्बू शाक्य, सुस्मिता समयोक लिम्बू र करिस्मा प्रधानले रहेका थिए ।
त्यस्तै गरि कार्यक्रममा शुभकामना मन्तव्य दिदै एल एन सि मोडेल एजेन्सी प्रा.लिका सि.ई.ओ दिपक गिरिले उक्त कार्यक्रम समापन गरेका थिए। उनले सहभागी हुने सम्पुर्णलाई धन्यवाद पनि व्यक्त गर्दै यहि आउने शनिबार असार २९ गते दोस्रो अडिसन हुने पनि जानकारी दिएका थिए ।

कार्यक्रममा सुनौलो सक्षम महिला समुहका अध्यक्ष साहारा गुरुङ, रिलाएबाल लाईफ इन्स्योरेन्स धरान शाखाका एजेन्सी मेनेजर गिता निरौला श्रेष्ठ, सचेत धराने समुहका सदस्य सिमा राई, सफल व्यावसायिक/ ईभेट कोडिनेटर बिबिस्का भट्टराईको उपस्थिति रहेको थियो ।

अडिसनबाट जम्मा ३० जनाको छनोट गरिने कुरा इशला पलिखेले जानकारी दिए । छनोट भएका सहभागीलाई साउनभरी प्रशिक्षण दिने कुरा पालिखेले बताए । ट्रेनीङ अवधिमा महिला अधिकार, बक्तृत्व कला,ट्राफिक नियम लगायतका विषयमा प्रशिक्षण दिने बताए । आइकनमा प्रथम हुनेलाई नगद ३० हजार पाँच लाखको जीवन लगायतको पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुनेले २० हजार तिनलाखको जीवन बीमा र तेस्रो हुनेले नदग १० हजार अनि दुई लाखको जीवन बीमा लगायतका थुप्रै पुरस्कार प्राप्त गरिने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित