५१ सूचक पार गर्दै धरान वडा नम्बर ३ बालमैत्री वडा घोषणा(भिडियो सहित)

धरान । नेपालको संविधान अनुसार स्थानिय तहमा रहेको वडाहरू बालमैत्री हुनुपर्ने प्रावधान अनुसार धरान उपमहानगरपालिका वडा नम्बर ३ बालमैत्री वडा घोषणा भएको छ ।

शनिवार धरानका उप मेयर ईन्द्र बेघाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वेघाले वडा नम्बर ३ बालमैत्री घोषणा गरेको हो । बेघाले । उनले बालमैत्री घाेषणापत्र तथा बालमैत्री प्रमाणपर ३ का वडा अध्यक्ष विद्या शाक्यलाई हस्तारण गरेका थिए ।

घोषणासङ्गै उप मेयर बेघाले विकास र समृद्धि र आधुनिकताको गफ दिँदै गर्दाखेरि धरानको पहिचानको रुपमा बालमैत्री नगर घोषणा गर्ने काममा वडा बालमैत्री घोषणा हुने काम भएको बताए । बेघआले ५१ वटा सूचक पार गर्न चानचुने कुरा नभएको बताए । धरानको विकास र समृद्धिको लागि नेतृत्व तहबाट भएको कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने बताए । धरान ३ नम्बर वडालाई बालमैत्री घोषणा गरेसँगै नगर बालमैत्री घोषणा गर्ने काममा सघाउ पुगेको बताए ।

सबै वडा अध्यक्षको प्रतिनिधित्व गर्दै १३ नम्बरका वडा अध्यक्ष नेत्र काफ्लेले यसअघि ३९ सूचक भएको अवस्थामा हाल ५१ सूचके भएर पनि वडा नम्बर ३ ले बालमैत्री वडा घोषणा गरेको बताए । काफ्लेले २०७४ सालमा निर्वाचित भएर आईसकेपछि पहिलो बोर्ड बैठकले धरानलाई २०७५ असारभित्र बालमैत्री नगर घोषणा गर्ने प्रतिबद्धता जनाएको बताए । तर केही कारणवश त्यो प्रतिबद्धता पुरा गर्न नसकेको बताए । उनले अघिल्लो वर्षमा १४ वटा वडा बालमैत्री घोषणा भएको जानकारी दिए । पहिलो बाल वडा मैत्री वडा नम्बर १३ घोषणा हुँदा ३९ सूचक रहेको बताए । सबै सूचक पार गरिसकेको ३ नम्बर २०७९ अघि नै घोषणा हुनुपर्नेमा जनप्रतिनिधिकै खटपटको कारण हुन सकेको खुलासा गरे । यस अघि थप सूचक पछि वडा नम्बर ६ र १० घोषणा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित