धरान । बराहज्वेलरी बचत तथा ऋण सहकारी अव स्तुति रिटेल कम्पनी मार्फत सञ्चालन हुने भएको छ । धितोमा रहेको बराहको सम्पत्तिलाई प्राईम बैङ्कले लिलामी गर्दा बराहकै सञ्चालकहरू समेत रहेको नयाँ समूहसँग मिलेर स्तुति रिटेल्स प्रालिले सकारेपछि साउन १ गतेदेखि स्तुति रिटेल्स कम्पनीबाट सञ्चालन हुने भएको छ ।
विहिवार धनकुटे रोडको भवनमा स्तुति रिटेल्सका सञ्चालकले बराह पीडितको हितमा काम गर्ने भन्दै १६ बुँदेले सबैको पैसा फिर्ता गर्नेगरीको सहमतिपत्र तयार भएको बताए । अव यस अघि बराहमा रहेको सदस्यले स्तुति रिटेल्समा पाँच हजार एक सय रुपैयाँबाट शेयर सदस्य बन्नुपर्ने सम्झौता गरेको छ । तर पीडितहरु पनि दुईधार भएपछि वडा कार्यालयमा व्यावसाय सञ्चालन अनुमति नदिन भन्दै रोक्का गरेको छ । विहिवार स्तुति रिटेल्स सा चालकले भने थोरै जनाले गर्दा घेराउ हुन्छ भने हामी हजारौं हुँदा किन घेराउ नहुने भन्दै आफूलाई साथ दिन आग्रह गरे ।
करारका शर्तहरु
१ )बराह ग्रुप अफ कम्पनी प्रालि अन्तर्गतका बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. (धरान ५ कि.न.३४० को क्षे फ०-०-८, ऐ ऐ वडा नं.५, कि.नं. ३४१ र ३९६ को क्षे.फ.०-०-१६.५ ), श्रीपा सुपर स्टोर प्रा.लि धरान अखा कि नं १२३२,२५४०,२३८३,९६३,१२२९,१२३०,२५४४ को क्षे.फ.०-६.७५-० र व्यवसायिक भवन ११७१०५ Sq.ft. लगायतका व्यवसायिक प्रतिष्ठानहरु सो कम्पनीका सन्चालकहरुले सन्चालन गर्नकोलागि अथक प्रयासका बाबजुद बराह समुहका सबै सञ्चालक तथा सो अन्तरगत सन्चालित सबै व्यवसायिक प्रतिष्ठानहरू विभिन्न कारणले कालो सूचीमा परेका र बराह समुहका सञ्चालक तथा प्रतिष्ठानहरू व्यवसायिक गतिविधिमा समावेश गर्न असम्भव भएको र बराहले व्यवसाय सञ्चालन गर्न बैंकबाट परिचालन गरेको ऋण, व्याज, किस्ता समेत समयमा तिर्न बुझाउन नसकी प्राइम कमर्सियल बैंक लगायतले सो कम्पनीहरु र सो कम्पनीहरुका सन्चालकहरु, निजका एकाघर परिवार, विभागिय प्रमुखहरु लगायतका अचल सम्पत्तिहरु अन्तिम डांक लिलामी भई बोल कबोल अनुसार प्रथम पक्षले सकार गरिलिई जग्गा र सो जग्गामा रहेको व्यवसायिक भवन समेत प्रथम पक्षको कम्पनीको नाममा स्वामित्व कायम गरी व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा द्विपक्षीय सहमति कायम गरिएको छ ।
२) प्रथम पक्ष र द्वितिय पक्षको सहमती सम्झौता पश्चात धरान उ.म.न.पा. बडा नं.१२ र ऐ. ऐ.वडा नं.८ मा स्थापित हुने स्तुती रिटेल्स प्रा.लि.को व्यवसाय शुरु हुनुभन्दा अघि ५ महिनाकोलागि रु.१ करोड सम्म बराहको पिडित बचतकर्ताहरु बिरामी तथा अन्य आकस्मिक कार्यहरुको रेस्क्यु भुक्तानीकोलागि Resque Fund (उद्दार) कोष तयार गरी जम्मा गर्नुपर्नेछ र रेस्क्यु फण्ड (उद्दार। कोषमा जम्मा भएको रकम भुक्तानी भएको रकम खाताबाट कट्टी गरिनेछ । त्यसपछि पुनः सोही प्रकार कोषमा आवश्यकतानुसार रकम जम्मा गर्दै जाने सम्बन्धमा प्रथम पक्ष प्रतिबद्ध रही सहमति रहेको छ ।
३) प्रथम पक्षले नयाँ कम्पनी (स्तुती रिटेल्स प्रा.लि. र सो अन्तर्गतका सबै प्रकारको व्यवसाय सन्चालन भएको ३ महिना पुगेपछि सबै प्रकारको व्यवसायबाट प्राप्त खुद मुनाफाको ३ भागको एक भाग रकम द्वितिय पक्ष अर्थात बराहका लगानीकर्ताहरु तथा बचतकर्ताहरुले वचत गरेको आधारमा भुक्तानीको प्रयोजनकोलागि Basket Fund बास्केट फण्डमा रकम जम्मा गर्नुपर्नेछ र ३ महिना पश्चात प्रत्येक मर्माना सो कोषमा रकम प्रथम पक्षले गर्नुपर्नेछ । सो कोषको रकम बराहका पिडित बचतकर्ताहरुलाई उप-समिति गठन गरी निर्देशिका तयार गरी वितरण गर्दैजानेछ। प्रथम पक्षको कम्पनीमा शेयर सदस्यता प्राप्त नभएसम्म बास्केट फण्डबाट प्राप्त सेवा सुविधा दिन बाध्य हुनेछैन ।
४) प्रथम पक्षको नयाँ कम्पनीमा द्वितिय पक्ष अर्थात बराहका लगानीकर्ताहरु तथा बचतकर्ताहरुले अनिवार्य रुपमा रु.५००० सम्म र सो भन्दा बढी स्वःइच्छाले शेयर खरीद गर्नुपर्नेछ र ५००० सम्मको शेयर खरीद गर्न नसक्ने बचतकर्ताहरुकोलागि समन्वयसमितिको उप-समितिबाट आर्थिक अवस्था निरिक्षण अनुगमन गरी सो को सिफारिसको आधारमा बास्तविक रुपमा सो रकम बुझाउन नसक्ने अवस्था रहेछ भने उद्दार कोषा Resque) फण्डमा जम्मा भएको रकमबाट निज पिडित बचतकर्ताको नाउँमा अधिकतम रु.५००० सम्मको शेयर खरीद गरी प्रमाणपत्र जारी गर्नेछ र उक्त शेयर खरीद भएको रकम निज लगानीकर्ताहरु तथा बचतकर्ताको बराहको खातामा रहेको रकमबाट कट्टा गर्नेछ । बराहको सबै लगानीकर्ताहरु तथा बचतकर्ताहरुलाई बचतको सुरक्षण र सबैको शेयर सदस्य नभएसम्म प्रथम पक्ष (स्तुती रिटेल्स प्रालिले जिम्मेवारी लिनेछ। साथै सबै पिडित बचतकर्ताहरुलाई शेयर सदस्यमा समावेश गर्नकोलागि पब्लिक लिमिटेडमा समेत कम्पनी परिवर्तन गर्नेछ ।
५) बराहको प्राइम बैंकमा धितो रहेको श्रीपा भवन र बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि लगायत अन्य कम्पनीहरु, व्यक्तिगत नाउँमा रहेको सम्पत्तिहरु र कोशी प्रदेश लगायत धरानमा रहेका जग्गाहरु र सो जग्गाहरुमा बनेको भवनहरु र अन्य बैंक तथा वितिय संस्थाहरुमा धितो रही लिलाम हुन लागेका, हुन सक्ने र भै गएको सम्पत्तिहरु समेत अन्यत्र कोही कसैले लैजान नसकोस र बराहका पिडितहरुले नै प्राप्त गर्न सकोस भन्ने अभिप्रायले प्रथम पक्ष स्तुती रिटेल्स प्रा.लि.ले सकार गरी लिनेछ, सकार गरिलिएको सबै प्रकारका खर्चहरु कभा गरी बाँकी रहेको सम्पत्तिहरुको विक्री वा आम्दानीबाट प्राप्त रकमहरु बचतकर्ताहरुकोलागि जम्मा गर्ने Basket Fund पास्केट फण्डगा जम्मा गर्नेछ ।
६)प्रथम पक्ष स्तुती रिटेल्स प्रा.लि.मा कर्मचारी नियुक्त गर्दा कार्यकारी प्रमुख बाहेकका कर्मचारीहरु कम्पनीलाई आवश्यकताको आधारमा बराहको पिडितहरुलाई र पिडित आफै गर्न नसक्ने भएमा निजको संरक्षक तथा अभिभावक रहेछ भने उहाँको एकाघरको परिवारमा एक जनासम्मलाई मात्र पहिलो प्राथमिकतामा राखी योग्यता, अनुभव र काम गर्न सक्ने क्षमताको आधारमा नियुक्ति गर्नेछ र सो नियुक्ति गर्दा १ महिनासम्म परिक्षणकाल रहनेछ ।
७) प्रथम पक्ष स्तुती रिटेल्स प्रा.लि.बाट प्राप्त हुने रकमको Basket Fund निर्माण गर्दा द्वितिय पक्ष अर्थात बराह व्यवसाय समन्वय तथा अनुगमन समितिको प्रतिनिधि सहितको ३ जनासम्मको हस्ताक्षरमा सन्चालन हुने गरी कुनै पनि “क “वर्गको बैंकमा कोष खडा गरी बैंकमा खाता खोली सन्चालन गर्नेछ र बास्केट फण्डमा जम्मा भएको रकम र रेस्क्यु उद्दार भुक्तानी र लगानी बचतकर्ताहरुको वचत रकम भुक्तानीकोलागि द्वितिय पक्षबाट उप- समिति गठन र निर्देशिका बनाई कार्य गर्नेछ र सो कोषको न्यायोचित सन्चालनकोलागि सम्बन्धित स्थानीय तहको निगरानी र अनुगमनमा सन्चालन गर्नेछ । उक्त कोषमा प्रथम पक्षको कुनै प्रकारको सहभागिता रहनेछैन ।
८)प्रथम पक्षले स्तुती रिटेल्स प्रा.लि.मा लगानी भएको सम्पतिको मूल्याङकन गरी सो को प्रतिफल लगायत उचित मूल्यमा बराहका पिडित शेयर सदस्यहरुले खरीद गर्न चाहेमा रसो रकम भूक्तानी गर्न तयार भएमा ५ देखि ७ वर्षभित्रमा धरानका शेयर सदस्यहरुको नाममा नामसारी दा खा दर्ता कायम गरिदिनेछ भन्ने कुरामा प्रथम पक्ष सहमत छौ ।
९) प्रथम पक्ष स्तुती रिटेल्स प्रालि कम्पनीले चाडबाड इत्यादिमा स्किम अनुसार छुट तथा उपहारको व्यवस्था गर्नुपर्नेछ ।
१०) प्रथम पक्ष (स्तुती रिटेल्स प्रा.लि. को व्यवसाय सन्चालनकोलागि द्वितिय पक्ष लगायत सम्पूर्ण बराहका लगानीकर्ताहरु तथा बचतकर्ताहरुको समिति, समूह, पिडित बचतकर्ताहरु, शेयर कायम हुने सदस्यहरु र अन्य सम्बन्धित सबै पक्षहरुको तर्फबाट प्रथम पक्षको व्यवसायिक सस्थाघाट दैनिक आवश्यक सामग्रीहरु खरीद गरी पूर्ण रुपमा सहयोग र सहकार्य गर्नुपर्नेछ ।
११) प्रथम पक्षले सिर्जना गरेको दायित्वहरु प्रति द्वितिय पक्षको कुनै प्रकारको जिम्मेवारी वा दायित्व रहने छैन द्वितिय पक्षले समन्वय र अनुगमनको कार्य मात्र गर्नेछ ।
१२) प्रथम पक्ष र दोस्रो पक्षले गरेको लिखित प्रस्तावहरुलाई अनिवार्य रुपमा सबै पक्षले पालना तथा कार्यान्वयन गर्नुपर्नेछ र सो बमोजिम कार्यान्वयन नभई कुनै पनि पक्षलाई हानी नोक्सानी भएमा सो को उचित क्षतिपूर्ति क्षति पुरयाउने पक्षले व्यहोर्नुपर्नेछ ।
१३) माथि उल्लेखित शर्तनामाहरुमा कुनै थपघट वा फेरबदल गर्नु पर्ने आवश्यक भएमा सम्झौता सबै पक्षको आपसी समझदारीमा गर्न सकिनेछ ।
१४.)माथि उल्लेखित शर्त पालन गर्ने गराउने सम्बन्धमा प्रतिबद्ध छौं र सबै पक्षले स्वीकार गर्दछौ ।
१५) यस करारनामाको अवधि यस करार भएको मितिले बढीमा ७ बर्षको हुनेछ र सो भन्दा अगावै करारनामा रद्द गर्नुरेमा द्वितिय पक्षले सो प्रथम पक्षको स्तुती रिटेल प्रा.लि मा लगानी भएको रकमको व्याज र सावा रकम सम्पत्तिको प्रचलित मूल्यांकन बमोजिम रकम प्रथम पक्षलाई चुक्ता भुक्तान गरेमा करारनामा स्वतः रद्द हुनेछ ।
१६) यस करारनामामा उल्लेख भएको शर्तहरु ठीक साँचो छ झुठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
Discussion about this post