कृषि मार्गको नाममा मुआब्जा छलेर हाइड्रोपावरसंग जनप्रतिनिधिको मिलेमतो( फोनवार्ता सहितको भिडियो)

सङ्खुवासभा। सङ्खुवासभा जिल्लाको चीन सीमासङ्ग जोडिएको भोटाखोला गाँउपालिका वडा नम्बर २ का वडा जनप्रतिनिधि हाइड्रोपावर कम्पनीसंग मिलेर मुआब्जा वञ्चित गरिएको खुलेको छ ।

च्यांताङ रिदाक कृषि मार्गको नाममा आर्थिक वर्ष २०८०/८१ बजेट साङ्ग्रिला ऊर्जा प्रालिले कृषि मार्गमा लागेको लागत १५ लाख शोध भर्ना गर्ने सहमति भएसँगै यस कुराको खुलासा भएको हो । कृषि मार्गको लागि गत साला बजेट विनियोन हुनु अगाडिदेखि नै स्थानीयले हाईड्रोपावरासङ्ग मिलेमतो रहेको आशङ्गका गर्दै बजेट विनियोजन गर्न नहुनेमा मत जाहेर गरेका थिए । विवादका बावजूद पनि बजेट विनियोजन गरेको तर सम्झौता अनि कार्यादेश प्राप्त नगरी स्थानीयको जग्गामा डोजर लगाउन शुरु भए पछि विवाद थप चर्किएको थियो । भोट खोला गाउँपालिकाका उपाध्यक्ष सहाना लामाले सम्झौता नै नभएको दाबी गरेको छ । तर क्षुजुङ खोला जलविद्युतका लागि साङ्ग्रिला ऊर्जा प्रालिले १५ लाखको सोधभर्ना गर्ने सहमति भएपछि अव १५ लाख रुपैया भुक्तानीको प्रक्रियामा रहेको बताए । उपाध्यक्ष सहानाले यस अघि स्थानीयको विरोध अनि लिखित रुपमा निवेदन आएको स्पष्ट पारेको छ । हिक्छु खोला र छुजुङ खोलामा फरक दुई ऊर्जा कम्पनी लागि परेको छ । यस विषयमा उपाध्यक्ष सहानाले छुजुङ खोलाको साङ्ग्रिला ऊर्जा कम्पनीले सोधभर्ना व्यहोर्ने भएको जानकारी दिए ।

कृषि मार्गको नाममा स्थानीयको जग्गामा डोजर लगाउन दिने नदिने विवाद हुँदा सम्बन्धित जग्गा धनीलाई जानकारी समेत नदिएको जग्गा धनी लाकपारिदर भोटेको आक्रोश छ । गाउँमा नभए पनि सञ्चारको पहुँचमा हुँदा पनि हस्ते मार्फत जग्गा धनीको हस्ताक्षर सङ्कलन भएको थियो । च्याम्ताङ तालेखरक रिदाक कृषि मार्ग खन्नको लागि स्थानिय कतिपय हुँदाहुँदै हस्ते मार्फत सहमतिपत्रमा हस्ताक्षर गरेपछि थप विवादसँगै स्थानीयले हाईड्रोपावर कम्पनीसंग मिलेमतो रहेको अर्को आशङ्का गरेकाथिए । तर त्यो आशङ्का अहिले साङ्ग्रिला ऊर्जा कम्पनीले १५ लाख रुपैयाँ सोधभर्ना गर्ने भन्ने सहमति भएपछि भने प्रष्ट रुपमा प्रमाणित भएको छ ।

स्थानियले बाटो लाने भए पहिला मुआब्जा हुनुपर्ने माग राखेका थिए । कृषि मार्ग भन्ने बित्तिकै कृषि क्षेत्रमा लानुपर्नेमा हाइड्रोसङ्ग सम्बन्धित क्षेत्रका लागेकै कारण थप आशङ्का भएको थियो । तत्कालिन अवस्थामा गाँउपालिकाका उपाध्यक्ष सहाना लामाले विनियोजित १५ लाख यस अघि खनिएको कृषि मार्गमा स्तरोन्नति गर्नका लागि उपयोग गर्न सुझाब दिएको बताउँछन । तर वडा नम्बर २ का वडा अध्यक्ष जिपा तेन्जिङ सहित वडा सदस्य कासाङ भोटे नमानेको कुरा उपाध्यक्ष लामाले बताए ।
विवाद भएको कुरा पालिका अध्यक्षसंग बुझ्दा बाटो खिलसकेपछि हाइड्रोले उपयोग गरेको खण्डमा आवश्यक क्षतिपू्तिस्वरुप दिने कुरा ऊर्जा कम्पनीसंग समझौता भएको बताए । तर यो कुरा भने स्थानीयलाई अग्रिम नबुझाएको वा बुझाउन नसकेको अस्पष्ट देखिए । अहिले आएर भने स्थानीयले जे आशङ्का गरेका थिए त्यो प्रमाणित भएको छ । स्थानीयले वडा जनप्रतिनिधिले हाईड्रो कम्पनीसंग मिलेमतो गरिएको आरोप लगाएको छ । तत्कालिन अवस्थामा नै हाइड्रोले उक्त बाटो लाने भए पहिला जग्गाको मूल्याङ्कन गरी मुआब्जा भुक्तानपछि मात्र सडक खानुपर्ने हुन्छ । तर त्यही प्रक्रिया नपुर्याई सडक खनिएको कारण स्थानीयले हाई्रोपावरसंग मिलेमतो गरेको आरोप लगाएको हो ।

यस विषयमा भोटखोला गाँउपालिकाका प्रशाकिय अधिकृत राजीव अधिकारीले अध्यक्षले तोकादेश दिएपछि १५ लाखको भुक्तानी प्रकिया अगाडि बढाएको जानकारी दिए । जनप्रतिनिधिले विनियोजन गरेको बजेट चुनावी नारा समेत भएको भन्दै बजेट कार्यान्वयन गर्ने काम भएकोले भुक्तानी प्रक्रिया अगाडि बढाएको बताए । बाटोको विषयमा मुद्दा उजुरी आएको स्वीकार गर्दै आफूले जानेर वा नजानेर जे भने पनि भुक्तानी प्रक्रिया अगाडि बढाएको बताए ।
यस आर्थिक वर्षको १५ लाख रुपैया फरफराके नभइसकेको अवस्थामा आगामी आर्थिक वर्षको लागि थप ११ लाख रुपैयाँ बजेट विनियोजन लागि वडा अध्यक्ष वडा सदस्य लागेपछि थप विवाद भएको थिए । उपाध्यक्ष सहाना लामाले १५ लाखको सोधभर्ना साङ्ग्रिला उर्जाले दिने र आगामी आर्थिक वर्षको लागि मागिएको ११ लाख रुपैयाँ नमाग्ने सहमति भएपछि कुरा मिलेको जानकारी दिए ।यस विषयमा च्याम्तङ युथ क्लबले लिखित रुपमा ११ लाखको विरोध गरेका थिए ।

अन्ततः वडा जनप्रतिनिधि हाईड्रोपावरासङ्ग मिलेको स्पष्ट देखिएको छ । तर त्यहाँको स्थानीय भने यति बेला हेरेको हेरेकै भएको छ । आखिर १५ लाख रुपियाँ सांग्रिलाले शोधभर्ना गरेपछि त्यो सडक सिधै उसले उपयोग गर्ने अधिकार पाउनेछ । तर आफ्ना पुर्खाहरूले उपभोग गर्दै आएको पैतृक सम्पत्ति जग्गा भनेर बिना मूल्यमा तहसनहस भएको छ । यसको क्षतिपू्रती मुआव्जा भोटखोला गाँउपालिकाका जनप्रतिनिधि स्थानीय सरकारले दिलाउनुपर्ने देखिन्छ ।

 

#भोटखोला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित