स्वर्णिमहाङ लिम्बू
सुनसरी (इनरुवा) । मेयर हर्कराज साम्पाङले धरान-१३ को अमर बस्तीको खहरेखोला नियन्त्रण गर्न लगाइएको ग्याबिन वाल आसार ११ गते भत्काएको भन्दै स्थानीय बासिन्दाले उनी विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएका हुन् ।
आज जिल्ला प्रशासन कार्यालय इनरुवामा वडा अध्यक्ष सहित वडावासीहरु पुगेका थिए । वादावासी तथा वडा समितिले उजुरी दिँदा समेत सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले दोषीमाथि कारबाही गर्न चासो नदिएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रनु परेको अमर बस्ती उपभोक्ता समितिका अध्यक्ष राजु राईले बताए। उनले आफ्नो गाउँको खोला नियन्त्रण गर्न लगाइएको ग्याबिन बाल भत्काउनेलाई पक्राउ गरी कारबाही नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए। उक्त ग्याबिङ प्रदेश सरकारको २० लाख बजेटबाट लगाइएको थियो ।
प्लेकार्डसहित कार्यालयमा उपस्थित भएका स्थानीयले तार जाली भत्काउन लगाउने हर्क साम्पाङलाई कारबाही गर्, शान्ति सुरक्षा कायम गर्, सामाजिक सद्भाव कायम गर्, सार्वजनिक सम्पत्तिको संरक्षण गर जस्ता नारा लगाएका थिए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दालाई ग्याबिन वाल भत्काएको विषयमा छानबिन गरि दोषी उपर कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आफूहरू धरान फर्किएको स्थानीय कुलबहादुर रानामगरले बताए।
उनले सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारबाही नगरी स्थानीय प्रहरी प्रशासन निरीह बनेको आरोप समेत लगाए। प्रजिअ तिवारीले ग्याबिन बाल भत्काएको विषयमा कानुनी प्रक्रिया अगाडि बढाउने बताए। शुरुवातदेखि विवादमा रहेको ग्याविङ भत्काएपछि प्रमुख जिल्ला अधिकारी सहितको टोलीले स्थलगत अवलोकन गरेका थिए । यो खबर सुनेपछि आईतबार मेयर हर्क साङपाङले आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गरेका थिए । यसरी वडा र मेयर एकपछि अर्को गरेर जुहारी चलिरहेको छ ।तस्बिरहरु : सुजन तितुङ
Discussion about this post