२४५ जनालाई उछिन्दै सेशेहाङ फ्याक लिम्बू भाषाका उत्कृष्ट बने

कमल / बसन्त राज सुब्बा ( निसाम )

झापा । झापा जिल्लाको कमल गा.पा ३ स्थित केर्खा फाल्गुनन्द टोलमा शैक्षिक सत्र २०८० को लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षामा बोर्ड फस्टलाई सम्मान कार्यक्रम सम्पन्न् गरिएको छ !

लिम्बू भाषा उच्च माध्यमिक बोर्डले लिएको शैक्षिक सत्र २०८० को लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा बोर्डले गत जेठ २५ र २६ गते ४ जिल्लामा विभिन्न विद्यालयमा सञ्चालन गरेको परीक्षाको परीक्षाफल विहीवार प्रकाशन गरेको थियो । प्रकाशित परिणाम अनुसार झापा दमक नगर निवासी याक्थुङ/लिम्बु भाषाको कक्षा ११ को परीक्षामा बोर्ड टपरलाई असार-१३ गते बिहिवार किराँत याक्थुङ चुम्लुङ कमल आजिवन सदस्यहरुको भेलामा सस्थाका संरक्षक सदस्य एवम समाजिक व्यक्तित्व नरेन हाङ लिम्बुको अध्यक्षतामा कमल ३ केर्खा स्थित फाल्गुनन्द टोलमा याक्थुङ/लिम्बु भाषाको कक्षा ११ को परीक्षामा बोर्ड टपर हुनु हुने किराँत याक्थुङ चुम्लुङ झापा शाका अध्यक्ष “श्री सेशेहाङ फ्याँक” ज्यु लाई एक औपचरिक कार्यक्रम गरी खादा ओढाई सम्मान साथ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको थियो ।

पछिल्लो समय मुलुकमा राजनीतिक परिवर्तनसंगै प्रदेश न.१ मा पहिचान, अस्तित्व र अधिकारको आन्दोलन जोड्दार आवाज उठिरहँदा सोही समय प्रदेश न. १ मा मैथिली र याक्थुङ लिम्बू भाषाले पनि मान्यता पाएको छ।
तर पनि सरकार स्तरबाट कक्षा दश सम्म अपवाद बाहेक खासै ती भाषाहरूले कार्यान्वयन र प्रयोगको रुपमा भने अझैपनि पूर्णता पाएको छैन ।
तथापि याक्थुङ लिम्बुहरूमा भाषा लिपि र संस्कार संस्कृति पुनर्जागरण आएपनि त्यो प्रदेश एक सरकार गम्भीर नहुनु बिडम्बना नै हो ।
यद्यपि लिम्बू भाषा उच्च माध्यमिक बोर्डले लिएको शैक्षिक सत्र २०८० को लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा बोर्डले गत जेठ २५ र २६ गते ४ जिल्लामा विभिन्न विद्यालय मा सञ्चालन गरेको परीक्षाको परीक्षाफल विहीवार प्रकाशन गरेको छ ।
परिक्षा प्रकाशन गरिएको नतिजा अनुसार कक्षा ११ र १२ मा परीक्षा दिने २४५ परीक्षार्थी मध्ये १ सय ७६ जना उत्तीर्ण भएका छन । 
कक्षा ११ को नियमित तर्फबाट ९१ जना, प्राइभेट तर्फ ११ जना र आंशिक  तर्फ १ जना गरि जम्मा १ सय ३ जना र कक्षा १२ को नियमित तर्फ ६५ जना, प्राइभेट तर्फ ६ जना र आंशिक  तर्फ २ जना गरि जम्मा  ७३ जना परीक्षार्थीले उत्तीर्ण गरेका थिए ।
श्रोत अनुसार गत जेठ २५ र २६ गते लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षामा सत्यहाङमा मावि. फाल्गुनन्द-२, पान्थर, पृथ्वी मावि. कुम्मायक-१, पान्थर, खलङ्गाटार मावि.  फेदेन-१०, याङनाम पान्थर, सरस्वती मावि. माङसेबुङ-५, इलाम, सरस्वती मावि. केरावारी-१, मोरङ र सिङ्वा मावि. फक्ताङलुङ-३, ताप्लेजुङमा सञ्चालन गरिएको थियो !
त्यस्तै बोर्ड टपर सम्मानित सेसेहाङ फ्याकले याक्थुङ पान/लिम्बू भाषामै आफ्नो भनाई राख्दै आफुलाई सम्मानजनक शुभकामना तथा बधाई कार्यक्रम राखी दिएकोमा चुम्लुङका संरक्षक सदस्य एवम सामाजिक ब्यक्तित्व नरेन हाङ लिम्बू साथै उनका धर्मपत्नी चुम्लुङ आजिवन सदस्य निर्मला लिम्बू/राईलाई विशेष धन्यवाद दिदै र कमल गाउँपालिकाका किराँत याक्थुङ चुम्लुङ आजिवन सदस्यहरु प्रति आभार प्रकट गरेका थिए।
 उनले आफुलाई यो हौसलाले अझै आफ्नो मातृ लिम्बु-भाषाप्रति थप अध्ययन गर्ने र आउँदो बर्ष १२को परीक्षापनि दिने र स्नातक हुँदै स्नातकोत्तरसम्म लगातार गर्दै जाने बिचार राख्दै आयोजक प्रति धन्यवाद दिएका थिए । त्यस्तै किरात याक्थुङ चुम्लुङ कमल अध्यक्ष दिवश लिम्बु , किरात राई यायोख्खा कमल उपाध्यक्ष शेलिना राई ले शुभकामना मन्तव्य राखेकी थिइन ।

त्यस्तै अतिथी किराँत याक्थुङ चुम्लुङ झापाकी सदस्य  दिव्य कला थेवे/नाल्बो, ,याक्थुङ युवा मञ्च झापा जिल्ला सदस्य  बसन्तराज सुब्बा कियाचु कमल वडा न ३ सदस्य आसा तेयुङ र बुद्धिराज फम्वो, कोसो टिभिका राजु लिम्बू, याङभु अफिसियल च्यानलका शरण बेघा उपस्थित उक्त कार्यक्रमका संचालक विरेन्द्र कु.याक्थुङ्बा द्वारा सञ्चालित कार्यक्रममा हिमाल लछेर्बो(महेन्द्र)ले स्वागत मन्तव्य राखेका थिए ।
चिया तथा खानपिनको सहजीकरण  चुम्लुङ आजिवन सदस्य निर्मला लिम्बुले गरेकी थिइन ।
 अन्तमा: सभाध्यक्ष नरेन हाङ लिम्बुले पहिचानको आन्दोलनमा अहिले होमिरहँदा भाषिक कुरापनि त्यहाँ जोडिने हुदा आज लिम्बु भाषामा ११-१२ का लागि शैक्षिक सत्र २०८० को यश परीक्षा कियाचु झापा जिल्लाका अध्यक्ष सेसेहाङ फ्याकले बोर्ड टपर गर्दा उहाँलाई आफ्नै गृहमा सम्मान गर्न पाउँदा गर्व महशुस भएको बताउदै सहयोगी चुम्लुङ आजिवन सदस्य, उपस्थित अतिथि  र मिडियाकर्मिहरु लाई विशेष धन्यवाद व्यक्त गर्दै सेसेहाङ फ्याकलाई आफ्नो मौलिक भाषामा अझै प्रगति गर्दै अघि बढ्न शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित