स्वतन्त्र युवा क्लब रमाइलोको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न्न

दिपेश रोक्का । कानेपोखरी

कानेपोखरी , १४ असार । मोरङको कानेपोखरी ६ मा रहेको स्वतन्त्र युवा क्लब रमाइलोको आयोजनामा शुक्राबार कानेपोखरीको ऐतिहासिक स्थल पोखरीमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । सव डिभिजन वन कार्यालय कानेपोखरीको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । वृक्ष रोपौ स्वच्छ वातावरण कायम गरौ नाराको साथ कार्यक्रम गरिएको हो ।

अहिलेको वर्तमान समयमा रुख विरुवाहरु मासीदै आएको छ रुख विरुवाहरु रोपियो भने वातावरण स्वच्छ हुन्छ भन्ने उदेश्यले यश कार्यक्रमको आयोजना गरिएको स्वतन्त्र युवा क्लब रमाइलोका अध्यक्ष भवेश गुरुङले बताए ।

बिरुवा रोपेर मात्र हुदैन विरुवाको संरक्षण गर्न सकिएन भने वृक्षरोपण गर्नुको कुनै औचित्यनै नहुने तथा रोपिएका बिरुवाहरुको संरक्षण तर्फ लाग्ने स्वतन्त्र युवा क्लबका सहसचिव साइमन गुरुङले बताए ।

पछिल्लो समय विश्वमा वातावरणको समस्या रहेको छ र वृक्षरोपण कार्यक्रमले गर्दा वातावरणलाई केही हद सम्म स्वच्छ बनाउन सक्छ र यस्ता कार्यक्रमको फेरी पनि आयोजनामा गर्न कानेपोखरीका समाजसेवी सुशील राईले बताए ।

वृक्षरोपण कार्यक्रमले गर्दा कार्बन उत्सर्जनमा न्यूनीकरण गर्ने र वृक्षरोपण गर्नु पर्छ भन्न्ने अगामी आउने युवा पिडिहरुमा जानकारी हुने कानेपोखरीका युवा नेता होमनाथ घिमीरेले बताए ।

वृक्षरोपण कार्यक्रममा असोकको बिरुवा ,धुपी , मसला , अमला र शिरिषको विरुवाहरु रोपिएको स्वतन्त्र युवा क्लब कानेपोखरीका सदस्य कृष्ण पाचकोटिले बताए । कानेपोखरी ७ को वन कार्यालय , रमाइलो प्रहरी चौकी , जनसेवाको खेलमैदान , रमाइलोमा रहेको वृद्धा आश्रमा वृक्षरोपण गरिने स्वतन्त्र युवा क्लबका सचीव उपेन्द्र पौडेलले बताए ।

कार्यक्रमको सञ्चालन क्लबका सचिव उपेन्द्र पौडेलले गरेका थिए । कार्यक्रमका कानेपोखरीका युवा नेता समाजसेवी , विधार्थीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित