धरान उपमहानगरपालिकाको नगरसभा कार्यपालिका बैठक माईन्युटको कुरा नमिल्दा बस्न सकेन (भिडियो सहित)

 

धरान । स्थानीय सरकार धरान उपमहानगरपालीकाको आज बोलाएको पन्ध्रौं नगरसभा कार्यपालिका बैठको निर्णय माइनुटको विषयमा नमिल्दा बस्न सकेन ।

आज नै बसेको कार्यपालिकाको बैठकमा मेयरले नीति तथा कार्यक्रम पेश गरे पनि आवश्यक कुरा थापा गर्न कार्यपालिका सदस्यहरूले थप्न भनेपछि त्यसले पूर्णता पाएको थिएन । आज भएको बैठकमा उप मेयर आइन्द्र बेघा सहित पालिका सदस्यले नीति तथा कार्यक्रम छलफल क्रममा रहेको जसलाई नगर सभा दर्ज गर्नुपर्ने राय राखेका थिए । त्यसैगरी माईन्युटमा बजेट सीमा निर्धारण तर्जुमा समिति मार्फत वडा र विषयगत समितिमा छलफल गरी आएको कुरा नगरसभामा पेश गरिनेछ भन्ने कुरा लेख्न दवाव दिएका थिए । जवाफमा मेयर साङपाङले जे जे लेख्नु छ लेखौँ तर एकले अर्कोलाई बलम गर्ने काम नगरौं भनेका थिए ।

निर्धारित समयभन्दा दुई घण्टा ढिलो नगरसभा बस्ने तयारीपछि मेयर साङपाङ कार्यक्रम स्थल पुगेका थिए । सभा हलबाट माईकिङ गर्दै सबै सभा सदस्यलाई भित्र पस्न आग्रह गरेका थिए । त्यतिबेला मेयर खाजा खाँदै थिए । त्यस अघि बसिएको नगर कार्यपालिकाको माईन्युट अनुसार नभएको भन्दै कार्यपालिका सदस्य सहितले मेयरसंग कुरा राखेका थिए । तर माग अनुसार माइन्युट नलेखेको र बजेट अंकमा न आउने भएपछि नगरसभा नबस्ने अडान कार्यपालिका सदस्य सहितले राखेका थिए । यस्तो भएपछि सबै सभा सदस्य बाहिर आउँदा मेयर साङपाङ आफू पनि हिँडेको बताए ।
कार्यपालिका सदस्य तथा नेकपा एमालेका संसदीय दलका नेता नरेश इबारमले मेयर कानुन सम्मत नचलेको आरोप लगाए । त्यही भएर नगरसभा नबसेको भन्दै यसलाई बहिष्कार गरेको भन्न नमिल्ने बताए ।
मेयर साङपाङले दुईपटक माईन्युट लेखेको भन्दै जसरी हुन्छ निहुँ खोजेर नगर सभा बहिष्कार गरिछाडेको आरोप लगाए । सबै कुरा जनताले मूल्याङ्कन गरिराख्नु पर्छ भन्दै दुई दुई चोटि भाषा परिवर्तन गर्दासम्म नमाने पछि कुरा बिथोलिएको बताए । मेयरले निर्णय र माइन्यूट आफ्नो फेसबुक सामाजिक संजालमा समेत सार्वजनिक गरेको छ । जसमा पहिलो मार्इन्युटमा -`आ.ब. २०८१/८२को नीति तथा कार्यक्रम सम्बन्धमा । धरान उपमहानगरपालिकाको आ.व. २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम माथि विस्तृत छलफल पश्चात प्रस्तुत नीति तथा कार्यक्रम आगामी नगर सभामा पेश गर्ने। साथै नियमानुसार प्रक्रिया पुन्याएर छलफलबाट आएको बजेट नगरकार्यपालिकाबाट अनुमोदन गरी नगरसभामा पेश गर्ने निर्णय गरियो।` पछि पुन सच्याएर दोस्रो माईन्युटमा – `आ.ब. २०८१/८२को नीति तथा कार्यक्रम सम्बन्धमा । धरान उपमहानगरपालिकाको आ.व. २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम माथि विस्तृत छलफल पश्चात प्रस्तुत नीति तथा कार्यक्रम आगामी नगर सभामा पेश गर्ने। साथै सिमा निर्धारण समितिले सिमा तयार गरी वडा र विषयषत समिति सँग छलफल गरी आएको बजेट नगर कार्यपालिकाबाट अनुमोदन गरी नगर सभामा पेश गर्ने।` लेखिएको छ ।

दुईपटक लेखिएको मार्इन्युट

मेयरले नीति नियम कानुन सम्मतकै कुरा दाबी गर्दै माईन्यूट लेखिएको दाबी गरे । उनले एक दुई जना नमिल्दैमा धरानको जनता र विकास रोक्न नमिल्ने जिकिर गरे । आगामी दिनमा पुन बैठक बोलाउने भन्दै न आएको खण्डमा बेरुजु नै आएपनि बजेट आउने दाबी गरे । मेयरले नियोजित रहेको आशंका गर्दै नगरसभामा माननीय सांसदलाई समेत निमन्त्रणा गरेको तर अनुपस्थित भएको देख्दा त्यस्तै होकी भनेर आरोप लगाए । त्यस्तै परे भानुचौकबाट बजेट अनुमोदन समेत गर्नुपर्ने अवस्था आउने बताए । त्यो अवस्था भनेको जन अदालत भएको जिकिर गर्दै त्यहाँसम्म जान नपरोस् भनेर चेतावनी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित