धरानमा पहिचानवादी मोर्चा गठन असारसम्म सबै वडा समिति गठन हुने

धरान। डा. महेन्द्र लावतीले नेतृत गरेको गरेको पहिचानवादी मोर्चाको धरान नगर समिति गठन भएको छ ।
धरान स्थित मुक्कुमलुङ होटलमा आज बसेको भेलाले धरान उपमहानगरपालिका तदर्थ समिती गठन गरेको कुरा जेन्टल लावतीले जानकारी दिए । नव गठित समितिको संयोजकमा सुरेश साउदेन लिम्बू रहेको छ । सदस्य नबिन कुमार श्रेष्ठ, पुर्ण राई, शिव आङ्देम्बे, पिया लिम्बू तिवारी, सागर राई,दिपकला लिम्बू, अन्चल राई, राज राई ,सदस्य सचीव- करुण राई सहित १० सदस्यीय तदर्थ समिती गठन गरेको छ । अरु भने बैठकबाट मनोनित गरिने जनाएको छ ।
तसर्थ समिति गठन पछि धरानको २० वटै वडा समिती गठन गरि असार २९ गते घोषणा सभा गर्ने समेत निर्णय गरेको छ । बैठकमा पहिचानवादी मोर्चाका नेताहरु जेन्टल लाओती, प्रेम गुरुङ, क्षितिज लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित