जिवितै रहन ट्राफिक नियम – विष्णु कुमार राई

पृष्ठभूमि

बिषयमा प्रवेश गर्नभन्दा पहिला, स्यानो खोजपछी थाहाभयो; पिएचडी होल्डर मात्रै पाँचहजार भन्दा बडी रहेछन् मास्टर्स डिग्रीबाट दीक्षित हुनेहरुत अनगन्तिछन् यो गौरबमय प्रगतिहो तर, यसरी शिक्षाबाट आर्जन गरेको ज्ञान सही ठाउँमा लगानी हुँदैन उदाहरण: सबैले जान्नै पर्ने ट्राफिक नियमपनि मानिसले यहाँ जान्दैनन् यो लाजमर्दो र तितो यथार्तहो नियम नजानेपछी, आफ्नो कमजोडी ढाक्न हर्नलाई हतियार बनाउँछन्हर्न बजाउन गलत हो, भन्नेपनि कसैलाई लाग्दैन हर्नको हल्लाले सडक छेउको बस्तिमा निधाउने मौका छैन सडक दुर्घटनामा मृत्यू नभएको कुनैदिन् छैन यस्ता कुराले ठूला-बडालाई केही फरक पर्दैन भन्नत भन्छन् ट्राफिक नियम पालना गरहै त्यसो भन्नेले नै जान्दैनन्  भनेर मात्रै के हुन्छर? समस्याको स्रोत र समाधान पहिचान हुँदैन। चालक प्रमाण पत्रको परिक्षा लिने आफैलाई ज्ञान छैन किनकि, उनिहरुबाट जोखिमपूर्ण चालक उत्पादन हुन्छ? हाकिमहरु बुझ्दैनन् सिक्ने रुची उनीहरुलाई छैन दुर्घटनामाअरु-अरु मात्रै मर्छन भनेर सोंच्छन उनीहरु त्यो जोखिमपूर्ण ड्राइभर संग आफैपनि यात्रा गर्नपर्छ भन्ने कुरा बिर्सिन्छन् अत: सोंच बिहिन मानिसका निम्ति यो नियम काम नलागेपनि, चेतनशीलका निम्ति उपयोगी हुन्छकी? भनेर, ट्राफिकका जरुरी नियमहर फेरी प्रकाशित गरिएकोछ अकालमा मर्न नपरोस र अपांग हुनु नपरोस् भन्ने संकल्प लिएर, सचेतना फैलाउन सबैलाई निबेदन गर्दछु। तपाइंको प्रयाशले, समाजलाई राहत पुग्न सक्छ । 

.. प्रस्थान गर्नभन्दा पहिला गाडीलाई तयारी गर्दाका कुराहरु: (१) सवारी साधनमा पुग्नेबेला कुनै क्षति भएकोपो छकी? भनी १० मिटर दुरीबाट गाडीलाई निरिक्षण गर्नु (२) अनि गाडीलाई एक चक्कर लगाएर, चारैवटा चक्का ठिक अवस्थामा छन् र कुनै जीवित प्राणी गाडीमुनी छैन भनी हेर्नु (३) अतिरिक्त चक्का र ज्याक गाडीमा छन् भनी निश्चितगर्नु (४) क्षमता भन्दा बढी लोड नहोस भनि जाँचनु (५) पर्याप्त: इन्धन, लुब्रिकेट, र पानी गाडीमा भरेकोछ भनी चेकगर्नु (६) गाडीको कागजात, प्राथामिक उपचारका सामाग्री र खानेखर्च जाँचगर्नु (७) हेडलाइट, साइडलाइट र ब्रेकलाइट टेस्ट गर्नु (८) चालक सिटमा बसेर हेनब्रेक कस्नु र गिएरलाई निउट्रलमा राख्नु (९) त्यसैगरी, चालकको सिटलाई मिलाउनु (१०) सबै ऐनाहरु ठिक ठाउँमा मिलाएपछी, सुरक्षा पेटी लगाउनु। 

. प्रस्थान गर्दाका कुराहरु: (१) प्रस्थानका निम्ति सबैकुरा तयारी भएपछि अगाडी बढ्नु भन्दा पहिला पछाडिको सडकमा ट्राफिक गतिबिधी ऐनामा चेकगर्नु (२) अनि प्रस्थान गर्दैछु भनेर दाहिनेतिरको बत्तिले संकेत दिनु (३) पछाडिको अवस्था एकपटक ऐनामा हेरेपछी, हेनब्रेक खोल्नुभन्दा पहिला ब्लाइन्ड स्पटमा (blind spot) केहीचिज छलिएको छकी? भनेर आफ्नो दाहिने कुम माथिबाट पछाडी फर्केर हेर्नु (४) अनि प्रस्थानको निम्ति सुरक्षित हुन्छभने, ट्राफिक नियम पालना गर्दै सामान्य गतिमा यात्रा सुरु गर्नु (५) सुरुमा फुटब्रेक एकपटक टेस्ट गर्नु ।   

ग. यात्राको दौडानमा सुरक्षाका कुराहरु: (१) तिब्र गतिमा हाँक्ता र क्षमता भन्दा बढी लोड बोक्ता ब्रेकले काम् गर्दैन भनी बुझ्नु (२) आफूलाई अस्वस्थ महसुस भए वा मापसे गरेको बेला नचलाउनु (३) ट्राफिक नियमलाई कहिलेपनि अबज्ञा नगर्नु (४) यात्राको दौडानमा थकित लाग्यो भने, बिसाएर मात्रै चलाउनु (५) लामो दुरीको यात्रामा २ जना चालक ब्यबस्था गर्नु (६) ड्राइभिङ गरेको बेला चालकको ध्यान भंग हुन नदिनु (७) ट्राफिक चिन्हहरुलाई ध्यान दिएर पालना गर्नु (८) सडकको बीच सतहमा लेन छुट्टाउन लगाइएको छोटोछोटो टुक्राका सेतो रेखा सामान्य चिन्ह हुन् (९) लेन छुट्टाउने सेतो रेखा टुक्रिएको छैनभने त्यहाँ ओभरटेक गर्न जोखिम हुने संकेत बुझ्नु (१०) लेन छुट्टाउने रेखा टुक्रिएको छैन र रेखा दोहोरो (डबल) छन् भने, जोखिम भएकोले ओभरटेक गर्न निषेध गरिएको संकेत बुझ्नु (११) पहेंलो रेखा कोरिएकोछ भने साउधानीको संकेत बुझ्नु (१२) जेब्राक्रसिङमा प्रवेश गरिसकेका पैदल यात्रीलाई पहिला सडक पार गर्नदिनु (१३) जेब्राक्रसिङमा ठक्कर दियोभने जेलसजाय हुन्छ भनी बुझ्नु (१४) बायाँबाट ओभरटेक नगर्नु (१५) ओभरटेक गर्दा बाहेक, संधै बायाँ लेनमा चलाउनु । 

घ. ड्राइभिङ गरेको बेला ध्यान दिनुपर्ने कुराहरु: (१) गाडी चलाइरहेको बेला, पछाडिको ट्राफिक गतिबिधि छिन्छिन्मा ऐनाबाट चेक गरीरहनु (२) साँगुरो सडकमा आफ्नो गति कमी भएकोले, पछाडी जाम् भयोभने अथवा, पछाडिको गाडीले ओभरटेक गर्ने मनसाय देखायो भने र उसलाई सुरक्षित हुन्छभने, आफ्नो गाडीको बाँयातिरको बत्तिले संकेत दिनु (३) उसलाई सहज हुनेगरी आफ्नो गाडिको गति नियन्त्रण गरेर ओभरटेक गरी जानदिनु (४) अथवा, सडकको बायाँतिर बिसाएर, पछाडी जाममा परेका गाडीहरुलाई अगाडी जानदिनु (५) गाडी बिग्रियो भने सडकको बायाँतर्फ बिसाएर बायाँतिरको बत्तिले वा हाजार्ड बत्तिले संकेत दिनु (१५ मिटर दुरीमा कोण राख्नु) (६) बायाँतर्फको बत्तिले संकेत दिएको अर्थ: बायाँ मोडिनेछु, अथवा सडकको बाँयातर्फ बस्नेछु भन्ने संकेत बुझ्नु (७) त्यसकारण, अगाडिको गाडीले बाँयातर्फको बत्तिले संकेत दिएकोछ भने, पछाडिबाट ओभरटेक गरी जान सकिन्छ भन्ने संकेत बुझ्नु (८) त्यसैगरी, दाहिने तर्फको बत्तिले संकेत दिएको अर्थ: दाहिनेको लेनतिरको लेनमा जादैछु, अथवा दाहिनेतर्फ मोडिनेछु भन्ने संकेत बुझ्नु (९) धेरैले उल्टो संकेत प्रयोग गरेर हैरान बनाउछन् (१०) कृतिम संकेत प्रयोग गर्दा अन्योल भएर दुर्घटना हुन्छ भनी बुझ्नु (११) रातको समयमा, बिपरित दिशाबाट आउने चालकको आँखा अन्धा हुनेगरी हेडलाइट हाई बिममा नबाल्नु (१२) दुर्घटना भयोभने प्राथमिक उपचारगर्नु, पुलिसलाई खवरगर्नु अनि घटनाक्रम नक्सामा उतार्नु (१३) हर्न बजाउदा सुरक्षित हुन्छु भन्ने भ्रमबाट मुक्त हुनु ।   

. सडकको जक्शनहरु कसरी पार गर्ने: (१) आफू गुडीरहेको सडकबाट बाँयाको सडकतर्फ मोडिनु पर्दा; पछाडिको गतिबिधी ऐनामा चेक् गर्नु, उचित् दुरीबाट बायाँतिर बत्तिले संकेत दिनु, गिएर घटाउनु, मोडिने ठाउँमा रोक्नु, सडक खाली भएपछी मोडिनु (२) दाहिनेतर्फ मोडिनु पर्दा; पछाडिको गतिबिधी ऐनामा चेक् गरेपछी उचित् दुरीबाट दायाँतिर संकेत दिनु, गिएर घटाउनु, मोडिने ठाउँमा रोक्नु, सडक खाली भएपछी मात्रै मोडिनु (३) मोडिनुपर्दा र लेन चेन्ज गर्नुपर्दा, सडक खाली भएपछी मात्रै जानु (४) चक्रपथ पार् गर्ने तरिका: पछाडिको गतिबिधी ऐनामा चेक गरनु, गति घटाउनु, चक्रपथ प्रवेश बिन्दुमा रोक्नु (चक्रपथबाट बाहिरिने बिन्दु अनुसार लेन छानेर प्रवेश बिन्दु रोजनु), चक्रपथ भित्र प्रवेश गरीसकेका, दाहिने तर्फबाट आउने गाडीहरुलाई जानदिनु, खाली भएपछी चक्रपथ प्रवेश गर्नु, बाहिरिने सडकतर्फ निस्किन्दा बायाँ बत्तिले संकेत दिदै बायाँ साइड चेकगर्दै चक्रपथबाट निस्किनु (५) ट्राफिकलाइट भएको जक्शनमा; रातो बल्दा रोक्नु, पहेंलो बल्दा तयारीहुनु, हरियो बल्दा जानु (६) एक भन्दा बडी लेन भएको हाइवे सडकमा चलाउँदा; सबैभन्दा कम् गतिमा गुड्ने गाडीलाई सबैभन्दा बाँयाछेउ लेनमा चलाउनु, (७) बाँयाबाट दोस्रो लेनमा सामान्य गतिमा गुड्ने गाडी चलाउनु (८) तेस्रो र चौथो लेन ओभरटेक गर्दा प्रयोग गर्नु (९) सडकको साइनबोर्डमा देखाईएका ट्राफिक चिन्हहरु बुझेर पालना गर्नु (१०) नबुझी अन्दाजमा नचलाउनु, नबुझिएका कुराहरु सोधेर जानकारी लिनु (११) ड्राइभिंङ् गर्दा हरेक हर्कतमा पछाडिको अवस्था ऐनामा चेकगर्नु (१२) सडकमा को पहिला र को पछी भन्ने सडकको अधिकार बारे बुझ्नु (१३) सडकलाई सुरक्षित बनाउन सबै चालकको दायित्वो बुझ्नु (१४) यात्राको अन्त्यमा, बिश्राम लिनुभन्दा पहिला, यात्राको सुरुमा गाडी तयारी गर्दा जेजे चेक गरिएको थियो, त्यही-त्यही कुरा चेक गरेर यात्रा सम्पन्न गर्नु (१५) बिस्तारी हाँक्नु भयोभने गन्तव्यमा पुग्नुहुनेछ, तर तिब्रगतिमा हाक्नुभयोभने केहुन्छ, भन्न सकिन्न । पहिलो दुर्घटना तपाइंको अन्तिम दुर्घटना हुनसक्छ ! बिस्तारी चलाएर जिवितै रहन शुभकामना दिनचाहान्छु।  

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित