धरानमा संगीत दिवस मनाइयो, दुई स्रष्टा नगद सहित सम्मानित

धरान । विश्व सङ्गीत दिवसको अवसरमा धरानमा दुई जना सङ्गीत प्रशिक्षकलाई नगद सहित सम्मान गरिएको छ ।

धरान सङ्गीत प्रतिष्ठानको शुक्रवार आयोजना गरिएको साङ्गीतिक साझमा प्रशिक्षक विनोद प्रीयदर्शी राई र सन्दीप प्रधानलाई सम्मान गरिएको हो । दुवैजनालाई नगद १० हजार सहित सम्मान गरिएको छ । शुक्रवार धरान ८ स्थित बराह कम्प्लेक्समा साङ्गीतिक कार्यक्रम आयोजना गरिएका थिए ।

उनीहरुलाई प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ राई र अध्यक्ष रमेश राईले नगद १० हजार र सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवाष केसी, रोहितमान थापालगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । उनीहरूलाई प्रतिष्ठानका संरक्षक तथा वरिष्ठ गायक दीप श्रेष्ठले प्रसंशा पत्र प्रदान गरेका थिए । कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुले गीत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित