लामो समयपछि धरानको कार्यपालिका बैठक, मिडियामाथि खनिए वडा अध्यक्ष विवेक राई

धरान । मेयरले हस्ताक्षर गरी पठाएको पत्र कानुन विपरीत रहेको जिकिर गर्दै बैठक बहिष्कार गरेको लामो समयपछि शुक्रबार बैठके बसेको हो ।

प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईले असार पाँच गते धरान उपमहानगरमा हाजिर गरेका थिए । त्यसको दुई दिनपछि असार ७ गते कार्यपालिका बैठक बसेको हो । शुक्रबारको बैठक मेयर हर्क साम्पाङ्ग उपस्थितिमा बसेको हो । बैठकको शुरुवातमा यस अघि बसेको बैठकको निर्णयलाई सुनाउन माग गरेपछि प्रमुख प्रशासकीय अधिकृतले वाचन गरेर सुनाएका थिए ।

त्यसपछि मेयर साङपाङले एजेण्डाहरु बैठकमा पेश गरेका थिए । आगामी आर्थिक वर्षको बजेटको तयारी सम्बन्धि एजेण्डामा न आएपनि यस अघि विवादमा रहेको मोटरसाईकल पार्किङ शुल्कको विषयले भने प्रवेश पाए । यस वर्ष निक्कै धरान तातिएको विषय मध्ये रु दश मोटरसाईकल पार्किङ शुल्क पनि हो । धरान उपमहानगरले आन्तरिक आम्दानी बढाउनुपर्ने भएकोले यस अघि स्रोतको रुपमा पार्किङ शुल्क लगाएका थिए ।

शुल्क हटाउने भन्दा पनि थप कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएका थिए । छलफलमा नयाँ शब्द बनाएर पार्किङ शुल्क नभए सडक मेन्टेन सम्बन्धि भनेर एजेण्डा ल्याएका थिए । यस विषयलाई राजश्व महाशाखाका खगेन्द्र खतिवडालाई मेयरले रुलिङ गरेका थिए । कार्यपालिका सदस्यले पार्किङ शुल्क लिने भए पार्किङ स्थान बनाएर दिनुपर्ने,शुल्क लिएपछि मोटरसाईकलको जिम्मेवार तथा हेलमेट लगायतको सुरक्षा हुनुपर्ने माग कार्यपालिका सदस्यहरूले राखिएको थिए ।
अन्त्यमा दश रुपैयाँ दैनिक दिने वा एकमुष्ठ दुई सय लिने भन्ने भएपछि बरु दर्ता स्वरूप वडाबाट दुई सय रुपैंया दर्ता शुल्क लिने सहमति भएका थिए ।

बैठकको करिब अन्त्यमा वडा नम्बर १० का वडा अध्यक्ष विवेक राईले मिडियामा आफ्नो फोटोमा हार्दिक श्रद्धाञ्जली लेखिएको भन्दै केही फरक नपर्ने लेखिदिए हुन्छ भन्दै आक्रोश पोखे । विवेक राईले नेपाल पत्रकार महासंघमा नभएका र दर्ता नभएका भन्दै केही अनलाईन मिडियाकर्मी र उसको च्यानल समेतको नाम वाचन गरे । महासंघमा रहेको र दर्ता भएको नाममा क्लिक धरानका रोहित राई कोशी आवाजका शेखर जोगी र एमतिभिका भैरव आङलाको नाम लिए । त्यसैगरी दर्ता नभएको जीमेलबाट युटुब चलाउने महासंघमा नभएको भन्दै राज लिम्बुको आवार धरान मीडिया,दिपेश याम्फु राई मेरो आवाज मीडिया,लिला राई सुनसरी अनलाइन,कमानसी ग याम्फु राई न्यू इन्टरटेन्मेन्ट,सत्य गुरुङ सत्य नेपाल टिभि, उमा चाम्लिङ राई उमा अनलाईन टिभि दर्ता नभएको दाबी गरे । यसरी दर्ता नभएकाले वडामा दर्ता गरेको खण्डमा वडालाई कर बढ्ने बताए । वडा अध्यक्ष विवेकले भुयुजा चाहिएको भए कुनाकब्जामा रहेकोले भ्युजा दिने भन्दै भ्युजसंगै न्युज पनि लेख्न आग्रह गरे । अहिले नियम कानुनकै कुरा भइरहेको भन्दै वडामा दर्ता गर्न आउन भने । अबको कार्यपालिका बैठकमा कस्तो कस्तोले प्रवेश पाउने भन्दै मेयर हर्क साम्पाङ्गलाई सबै युटुब चलाउने उसको रहेको लान्छना लगाए । धरानमा यस्तो अवस्थामा आउनुमा युटुब कारक भएको देखाउँदै आफू लगायतले पाँच छ जनाले युटुब चलाउने ल्याएमा हालत के हुने भन्दै त्यस विषयमा प्रमुख प्रशासकिय अधिकृत ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित