जनक ऋषि चाम्लिङ परिवारबाट लक्षमण स्मृति रङ्गकर्म अक्षयकोष स्थापनाको सम्झौता

धरान । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषी चाम्लिङको बुबा लक्षमण चाम्लिङको स्मृतिमा रङ्गकर्म अक्षय कोषको स्थापनाको समझौता भएको छ ।

शुक्रवार धरान स्थित हङकङ होटेलमा एक कार्यक्रमका बीच सम्झौता भएको हो । कार्यक्रममा जनक ऋषि चाम्लिङ उहाँका आमा निर्मला राई श्रीमती शान्तादेवि राई भाई विशाल राई लगायतको उपस्थिति थिए । रङ्गभूमि एकेडेमिका तर्फबाट अध्यक्ष विष्णु मोक्तानको उपस्थीती रहेका थिए ।

कोष स्थापना गर्नको लागि जनक ऋषि परिवारबाट रु पचासी हजार राखिएको थिए । उक्त कोषमा धरान उपमहानगरपालिकाका वडा नम्बर १७ का वडा अध्यक्ष मनोज भट्टर्राईले रु पन्ध्र हजार उपलब्ध गरिएपछि रु एक लाख भएका थिए । व्यावसायी मंगलसिंह आङबुहाङबाट पनि रु दश हजार उपलब्ध भएपछि कोषमा जम्मा रु एक लाख दश हजारको अक्षय कोष भएको छ ।

जनक ऋषी चाम्लिङले आफ्ना बुबा पनि रङ्गकर्मी नै भएको भन्दै तत्कालिन अवस्थामा राई भाषाको नाटक लाम लामसा (बाटो खोज्दै)नाटक खेलेको स्मरण गरे । त्यसबेला यसरी नाटक खेल्दा पैसाकै अभाव हुने साथै नाटक खेल्दा घरमा आम्दानी नहुँदा घरायसी झगडा समेत हुने गरेको स्मरण गरे ।बुवाको देहासानपछि रंगकर्मीको लागि अक्षय कोष स्थापना गर्ने सोच अनुसार केही राहत हुन्छ भनेर थालनी गरेको जानकारी दिए । जनक ऋषिले २०७६ सालदेखि कोष स्थापना गर्नको लागि महिनाको पाँच सय कहिले हजार यसरी जम्मा गर्दै आएको जानकारी दिए ।
रङ्गभुमीका अध्यक्ष विष्णु मोक्तानले लक्षमण रङ्गर्कर्म कोष स्थापनाले थापा हौसला र ऊर्जा मिलेको बताए ।

अक्षयकोष धरान १७ स्थित ज्योतिपुन्ज सहकारीमा खाता खोलेर राखिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित