विश्व सङ्गित दिवसमा दुई जनालाई सम्मान गरिने

धरान । विश्व सङ्गित दिवसको अवसर पारेर संगीत क्षेत्रमा लामो समयदेखि योगदान पुऱ्याउने दुई जनालाई सम्मान गरिने कुरा धरान सङ्गित प्रतिष्ठानले जनाएको छ ।

विहिवार धरानमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका अध्यक्ष रमेश राईले जानकारी दिएको हो । धरान संगीत प्रतिष्ठानले विश्व सङ्गित दिवसको अवसर पारेर २१ जुन अर्थात यहि असार ७ गते शुक्रबार साँझ धरान-८, स्थित बराह कम्प्लेक्सको चौथो तलामा नयाँ र पुराना पुस्ताका गायक तथा संगीतकर्मीहरुको जमघट सहित विश्व संगीत दिवस मनाईने जानकारी दिएको छ । सो अवसरमा धरानका अग्रज र नयाँपुस्ताका गायक गायिकाहरुले गीत प्रस्तुत गर्नु बताए ।

‘संगीतको शहर भनेर चिनिने धरानमा संस्थागत रुपमा पहिलोपटक धरान संगीत प्रतिष्ठानले वि.सं. २०७३ सालबाट सांगीतिक कार्यक्रम, अग्रज संगीतकर्मीलाई सम्मान र नयाँ पुस्तालाई अवसर दिंदै विश्व संगीत दिवस मनाउँदै आएको जनाएको छ ।

धरानमा विगतमा रहेको सांगीतिक माहोल खस्किंदै गएको अवस्थामा धरान संगीत प्रतिष्ठानले संगीत कक्षा सञ्चालन गरेर नयाँ गायक गायिकाको उत्पादन तथा प्रोत्साहन गर्दै आएको दाबी छ। अग्रज पुस्ताको निर्देशन शिरोपर गर्दै धरानको सांगीतिक माहोल पुरानै अवस्थामा फरकाई धरानका संगीतको शहरका रुपमा पुनःस्थापित गर्न लागि परेका जनाएको छ।

हरेक वर्षको २१ जुनलाई विश्व संगीत दिवसका रुपमा मनाउने गरिन्छ। सन् १९८२ मा फ्रान्सको पेरिसबाट फेटे डे ला म्युजिक (संगीत दिवस) का रुपमा मनाउन सुरु गरिए‌को संगीत दिवस हाल नेपाल सहित विश्वका १२० भन्दा बढि देशमा मनाउने गरिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित